आम निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्यो : प्रमुख आयुक्त
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार २२:१४:२
![](https://nepalbahas.prixacdn.net/media/albums/Dinesh-sir-A03I2016_7GQCIDdMl7.jpg)
१६ मंसिर, काठमाडौं प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन ।
निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा निकायमा जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षा पूरा भएको बताएका हुन ।
“हामीले नेपालमा २०४८ सालदेखिको निर्वाचन देख्दै आएका छौँ । पछिल्लो पटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो”, आयोगले राखेका अपेक्षाको विश्लेषण गर्दै उनले भने, “यस कारण हामीले निर्वाचनमा यसपटक कुनै पनि पद पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित ग¥यौँ ।”
उनले विभिन्न कारणले निर्वाचनलाई दूषित पार्ने मनसाय बोकेका व्यक्तिले मिथ्या सूचना, दुष्प्रचार र द्ववेशपूर्ण अभिव्यक्तिको माध्यमबाट निर्वाचनलाई अप्ठ्यारो पार्ने कार्यलाई नजिकबाट नियमन गर्न यस पटक सफल भइरहेको पनि बताए ।
उनले अब भौतिकरुपमा वा सडकबाट मात्रै नभइ सामाजिक सञ्जालमार्फत् पनि निर्वाचन प्रभावित गर्न नपाइने मान्यता स्थापित भएको बताए । निर्वाचनमा पराजितले विजेतालाई सहर्ष आत्मैदेखि बधाई दिनसक्ने वातावरण बनाउनुपर्छ भन्ने मान्यता पनि यस पटकदेखि स्थापित भएको उनको भनाइ छ ।
उनले निर्वाचन अधिकृतहरुले उत्कृष्ट ढङ्गले काम गरेको भन्दै धन्यवाद दिँदै काम गर्दा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन आग्रह गरे ।
उनले आयोग वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएको बताउँदै भने, “हामी वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौँ । हामी अब छिट्टै कानून संशोधनको प्रक्रिया अघि बढाइनेछ ।” उनले नयाँ संसद्को नयाँ अधिवेशनमा कानून संधोशनले प्रवेश पाउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार