माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम नेपालमा सुरू
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार १९:५८:५०
१८ मंसिर, काठमाडौं । माइसक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम सुरू गरेको छ । आइसिटी अवार्डसँगको सहकार्यमा शुक्रबार माइक्रोसफ्टले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम सुरू गरेको हो ।
शुक्रबार इस्लिङ्टन कलेजको कुमारी हलमा आयोजना भएको विशेष सार्वजनिक कार्यक्रममा २ सय बढी स्टार्टअप लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । विश्वका २०० बढी देशमा सफलतापूर्वक सुरू भइसकेको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम स्टार्टअपलाई प्रवर्द्धन गर्न नेपालमा सुरू गरेको माइक्रोसफ्टले जनाएको छ ।
सार्वजनिक कार्यक्रममा बोल्दै माइक्रोसफ्टका लागि बंगलादेश, भुटान र नेपालका कन्ट्री म्यानेजर एमडी युसिफ फारूकले नेपाली स्टार्टअपलाई विश्वस्तरमा पु¥याउन फाउन्डर्स हबले सहयोग गर्ने बताए । स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रममा सहभागी भएर त्यसको फाइदा उठाउन समेत फारूकले आग्रह गरे ।
त्यस्तै माइक्रोसफ्टका पार्टनर्स सेल्स एक्जिक्युटिभ सुबास मानन्धरले स्टार्टअप इकोसिस्टमलाई विकास गर्न फाउन्डर्स हब डिजाइन भएको बताए । उक्त कार्यक्रममा माइक्रोफ्टको स्टार्टअप्स फाउन्डर्स हबमा आवद्ध भएका वेद एप र डिजिटल एज नेपालले पनि आफ्नो सफलताको कथा सबैमाझ साझा गरेका थिए । उनीहरूले सफलताको कथा प्रस्तुत गर्दै आफ्नो स्टार्टअपको सफलतामा फाउन्डर्स हब कार्यक्रमले सहयोग गरेको बताए ।
त्यस्तै कार्यक्रममा माइक्रोसफ्ट एजुरे बारे माइक्रोसफ्ट सेक्युरिटी स्पेसियलिस्ट पशान्त देवाजुले वर्कसप सञ्चालन टेक्निकल सेसन सञ्चालन गरेका थिए । माइक्रोसफ्टका पार्टनर्स सेल्स एक्जिक्युटिभ सुबास मानन्धरले स्टार्टअप इकोसिस्टमलाई विकास गर्न फाउन्डर्स हब डिजाइन भएको बताए ।
कार्यक्रममा इन्फोडेभलपर्स आइसिटी अवार्डका २०२२ मा स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप, प्रडक्ट र आईडियाले आफ्नो कथा र अहिलेसम्मको यात्रा शेयर गरेका छन् । स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम माइक्रोसफ्टको नयाँ, सिमाबिहिन र महत्वकांक्षी परियोजना हो । यसले स्टार्टअप संस्थापकहरूको आईडियालाई वास्तविक दुनियाँमा ल्याउन सहयोग गर्ने गर्ने छ ।
फाउन्डर्स हबबाट माइक्रोसफ्टले स्टार्टअपलाई डेढ लाख बराबरको एजुरे क्रेडिट, माइक्रोसफ्ट ३६५, गिटहब इन्टरप्राइज, भिजुअल इन्टरप्राइज, लिङ्कडीन क्रेडिट लगायतको सुविधा पाइने छ । यसका साथै फाउन्डर्स हबमा आवद्ध भएका आईडियाले मेन्टरसीप र विज्ञको सल्लाह सुझाव समेत पाउने मानन्धरले जानकारी दिएका छन । फाउन्डर्स हब कार्यक्रममा आवद्ध हुन सफ्वेयरमा आधारित प्रडक्ट तथा सेवा हुनुपर्ने, प्राइभेट हुनुपर्ने र प्रफिट बिजनेस हुनुपर्नेछ ।
शैक्षिक संस्था, सरकारी इन्टिटी, व्यक्तिगत ब्लग, डेभसप, कन्सल्टेन्सी, एजेन्सी, बिटक्वाइन वा क्रिप्टो माइनिङ कम्पनी यस कार्यक्रममा सहभागी हुन पाउने छैनन् । यसअघि माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रममा आवद्ध नभएका स्टार्टअप सहभागी हुन सक्ने छन् ।
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एसोसिएसन विथ नेपाल टेलिकम एण्ड जिनस, पावर्ड वाई ह्वावे एण्ड स्मार्ट क्युआर कार्यक्रममा माइक्रोसफ्टले इकोसिस्टम पार्टनरको रुपमा सहकार्य गरेको छ । आइसिटी अवार्डको ग्राण्ड फिनाले २३ डिसेम्बर २०२२ मा द सोल्टी काठमाडौंमा आयोजना भइरहेको छ । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड सहित विभिन्न १३ विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक राजन लम्सालले जानकारी दिए । माइक्रोसफ्टसँगको सहकार्यले नेपालको स्टार्टअप इकोसिस्टमको विकासमा महत्वपुर्ण सहयोग पुग्ने उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ प्रधानमन्त्रीद्वारा 'एआई'को क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान
असार २०, २०८१ बिहिबार
लामो अध्ययनपछि नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार
असार १९, २०८१ बुधबार
माइक्रोसफ्टलाई उछिन्दै एनभिडिया संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्यो
असार ५, २०८१ बुधबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार