पेट्रोलियम प्रदार्थको मूल्य समायोजनको माग गर्दै विरोध प्रर्दशन
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार २१:५:४०
१८ मंसिर, काठमाडौं । भारतले मूलय घटाएर पठाएको अवस्थामा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा विद्यार्थी संगठनहरुलेआइतबार राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।
मूल्य समायोजन गर्न माग गर्दै नेकपा (बहुमत)निकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले काठमाडौंको टेकुमा प्रर्दशन गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको भनाइ छ । मूल्य समायोजन तत्काल नगरिए कडा आन्दोलनका कार्यक्रम सार्ने चेतावनी समेत उनीहरुले दिए ।
निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा अन्तर्राष्ट्रिय स्वचालित मूल्यअनुसार थप घट गरिने बताउँदै आएपछि पछिल्ले पटक भारतीय आयल नियमले दुईपटक मूल्य घटाएर सूची पठाउँदा समेत निगम मोन बसेपछि चौतर्फी आक्रोश बढ्दै गइरहेको छ । यसबारे सरकार समेत मौन बसेको छ । पेट्रोलिय पदार्थको मूल्य उच्च भएकै कारण ढुवानी भाडा मनपरी लिने र वस्तुको मूल्य चर्को बढाउन रवैयाले सर्वसाधारण मर्कामा परेका छन् ।
सरकारबाहिर हुँदा मूल्य वृद्धिकाे चर्काे विराेध गर्ने मुख्य दलका विद्यार्थी संगठनहरू भने चुप बसेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार