पर्वतीय क्षेत्रको दिगो व्यवस्थापनको लागि एकिकृत प्रयासमा विज्ञहरुको जोड
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार २१:२९:२०
१८ मंसिर, काठमाडौं । हिमालको दिगो व्यवस्थापनको लागि सरोकारवालाहरु सबैको चासो र एकिकृत प्रयास आवश्यक भएको निश्कर्ष सहित काठमाडौमा जारी दिगो पर्वतीय विकास सम्मेलन (International Sustainable Mountain Development Conference 2022) सम्पन्न भएको छ ।
तीनदिनसम्म काठमाडौंको चन्द्रागिरीमा सम्पन्न सम्मलेनमा विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमालय र समग्र वातावरणमा पारेको असरबारे गम्भीर चिन्ता र चासो व्यक्त गरिएको छ ।
संयुक्त राष्टसंघको महासभाले सन् २०२२ लाई अन्तराष्ट्रिय दिगो पर्वतीय विकास वर्ष (International Sustainable Mountain Development Conference 2022) को रुपमा मनाउने घोषणा गरे अनुरुप अन्तराष्ट्रिय पर्वतीय दिवस (International Mountain Day 2022) को पूर्व सन्ध्यामा अन्तरराष्टिय विश्वका विभिन्न देशबाट सम्मेलनमा सहभागी हिमालय क्षेत्रका विज्ञ तथा वैज्ञानिकहरुले हिमालहरुको दिगो व्यवस्थापन गर्न नसके यसले प्राकृतिक र मानविय दुवै क्षेत्रमा गम्भीर परिणाम ल्याउन सक्ने भन्दै सरोकारवालाहरुलाई गम्भीर बन्न सुझाव समेत दिएका छन् ।
कार्यक्रममा नेपालसहित अमेरिका, बेलायत, जापान, चीन, भियतनाम, चिली, स्पेन र भारत लगायतका देशका विज्ञहरुले प्रत्यक्ष तथा भच्र्युल रुपमा क्षेत्रका विज्ञहरुले प्रस्तुतिकरण दिएका थिए । यस्तै नेपालका पर्यटनसंग सम्बन्धित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
नेपाल पर्यटन बोर्डको आयोजना तथा त्रिभुवन विश्वविद्यालय,काठमाण्डौं विश्वविद्यालय, होकाइदो युनिर्भसिटी जापान, युनिर्भसिटी अफ कोलोराडो अमेरिका, जीएलपी जापान, डब्ल्यूडब्ल्यूएफ नेपाल, इसिमोड, यूएनडिपी लगायतका संस्थाहरुको प्राविधिक सहयोग तथा समन्वयमा सम्मेलन आयोजना गरिएको थियो ।
कार्यक्रम उद्घाटन सत्रमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले नेपाल हिमालयको देश भएको र नेपालमा आयोजना गरिएको यस कार्यक्रमबाट हिमालयको दीगो विकास र संरक्षणमा सकारात्मक सन्देश प्रभाव गर्न मद्धत पुगेको बताए ।
कार्यक्रमका प्रमुख वक्ता कोलोराडो विश्वविद्यालयका प्राध्यापक डा.अल्टन सी वायरले जलवायू परिवर्तन र यसले हिमालय क्षेत्रमा पारेको प्रभाव न्यूनिकरण गर्दै हिमालयको संरक्षणमा एकिकृत प्रयासका लागि एकजुट हुन कार्यक्रमले सहयोग गरेको बताए ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले विश्वभरका वातावरण तथा हिमालय क्षेत्रका विज्ञहरुको सहभागितामा नेपालमा आयोजना गरिएको यस सम्मेलनले हिमालको दीगो व्यवस्थापनका लागि विश्वव्यापी रुपमा सन्देश प्रभावगर्ने सफल हुने विश्वास लिएको बताए ।
सम्मेलनमा उठेका विषय अनुसार आगामी दिनमा हिमालय क्षेत्रको समग्र विकास संरक्षणका लागि नीति तय गर्न सम्मेलनले केही मार्ग दर्शन गरेको र सम्मेलन सफल भएको बोर्डका आधारमा सहयोग गरेको बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिए । कार्यक्रममा विभिन्न विषयमा ६६ वटा कार्यपत्र प्रस्तुत गरिएको निर्देशक लामिछानेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार