अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध पहिलो टेस्ट जित्यो
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार २१:३७:२९
१८ मंसिर, काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले पहिलो टेस्टमा वेस्ट इन्डिजविरुद्ध आइतबार एक सय ५४ रनको जित निकालेको छ । यस जितसँगै अस्ट्रेलियाले दुई टेस्टको शृंखलामा १(० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम खेल ८ डिसेम्बरमा एडिलेडमा हुनेछ ।
पर्थ स्टेडियममा जितका लागि चार सय ९८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज तीन सय ३३ रनमा समेटिएपछि अस्ट्रेलियाले जित निकालेको हो । १९२-२ को स्थितीबाट पाँचौ दिनको सुरुआत गरेको वेस्ट इन्डिजले थप एक सय ४१ रन जोड्दा बाँकी आठ विकेट गुमाएको थियो ।
वेस्ट इन्डिजका लागि कप्तान क्रायग ब्रेथवेटले १३ चौकाको मद्दतमा एक सय १० रन बनाएका थिए । रोस्टन चेसले ५५ रन जोडे । चन्द्रपलले ४५ र अल्जारी जोसेफले ४३ रनको योगदान दिए । अस्ट्रेलियाका लागि नाथन लियोनले सर्वाधिक ६ विकेट लिए ।
पहिलो इनिङमा अस्ट्रेलियाले ५९८-४ को बलियो स्थितिमा रह्यो । वेस्ट इन्डिज दुई यस ८३ रनमा अलआउट भएको थियो । यससँगै अस्ट्रेलियाले तीन सय १५ रनको अग्रता बनाएको थियो ।
अस्ट्रेलियाले १८२(२ को स्थितीमा दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो । यससँगै अस्ट्रेलियाले वेस्ट इन्डिजसामु जितका लागि चार सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले एक सय १० बलमा १३ चौका र दुई छक्का मद्दतले अविजित एक सय चार रन बनाए ।
यस्तै, डेविड वार्नरले ४८ रन बनाउँदा स्टिभ स्मिथ २० रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि केमर रोच र रोस्टन चेसले समान एक विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार