ल्याब टेक्निसियन र शिक्षकविरूद्ध नक्कली शैक्षिक प्रमाणपत्रकाे मुद्दा
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार २२:४३:५
१८ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी करार सेवामा प्रवेश गर्ने कर्मचारीहरूविरुद्ध विशेष अदालत काठमाडाैंमा आरोपपत्र दायर गरेको छ । अख्तियारले पूर्वाधार विकास कार्यालय ओखलढुङ्गामा कार्यरत ल्याब टेक्निसियन राम एकवाल यादव उपर शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरेको हो ।
उनले राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रही आर्थिक लाभसमेत लिने उद्देश्यले डिप्लेमा इन सिभिल इन्जिनियरिङको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पूर्वाधार विकास कार्यालय, ओखलढुङ्गामा सब९इन्जिनियर पदमा डोरहाजिरीमा तथा रा।प। अनंकित प्रथम श्रेणी ल्याब टेक्निसियन पदमा फरकफरक मितिमा दुई वर्षभन्दा बढी अवधिसम्म कार्यरत रही निजले तलब, भत्ता र अन्य लाभसमेत लिएको अख्तियारको अनुशन्धानबाट देखिएको भनाइ ।
यस्तै, राष्ट्रिय उच्च माध्यमिक विद्यालय कैलाली, खैलाडका उच्चमाध्यमिक विद्यालय संयोजक मथुरा चौधरीविरुद्ध पनि शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र पेश गरेको भन्दै मुद्दा दायर गरेको छ । चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानबिन गरिपाउँ भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा स्नातक तहको नक्कली ट्रान्सक्रिप्ट, प्रेभिजनल सर्टिफिकेट,क्यारेक्टर सर्टिफिकेटहरु पेश गरी माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भई कार्य गरेको पुष्टि हुन आएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार