धनगढीमा ट्याक्टरको ठक्करबाट एक छात्रा गम्भीर घाइते, चालक फरार
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार २२:४७:५५
१८ मंसिर, धनगढी । विद्यालय जाँदै गरेकी बालिकालाई ट्याक्टरले ठक्कर दिंदा गम्भीर घाइते भएकी छन् । आइतबार बिहान घरबाट विद्यालय जाने क्रममा नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिंदा १३ वर्षीया छात्रा सुस्मिता साउद गम्भीर घाइते भएकी हुन् । उनी धनगढी–३ स्थित जनता आधारभूत माविमा कक्षा ६ मा अध्ययनरत छिन् ।
स्थानीयका अनुसार छात्रालाई ठक्कर दिएर ट्याक्टर मोहना नदीतर्फ भागेको छ । ट्याक्टर तीब्र गतिमा भाग्दा नम्बर पहिचान गर्न नसकिएको प्रत्यक्षदर्शीको भनाइ छ । ट्याक्टरको ठक्करबाट गम्भीर भाइते भएकी छात्रा साउदको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
‘प्रत्यक्षदर्शीले प्रष्ट रुपमा कुन कम्पनीको ट्याक्टर हो भन्नेर ठम्म्याउन नसक्दा खोजतलासमा समस्या भएको हो,’ प्रवक्ता जोशीले भने, ‘सवै तिर प्रहरी परिचालन गरी ट्याक्टरको खोजी जारी छ ।’
यसअघि गत बिहीबार धनगढीस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १६ वर्षीया चेतना साउदको सडक निर्माणमा प्रयोग गरिएको ग्रेडरमुनि च्याप्पिएर मृत्यु भएको थियो ।
उनको मृत्युपछि भएको आन्दालनका कारण दुई दिनसम्म धनगढी बजार क्षेत्र तनावग्रस्त बनेको थियो । सो घटना सेलाउन नपाउँदै फेरि स्कुल जान लागेकी बालिकालाई ठक्कर दिएर ट्याक्टरसहित चालक फरार भएका छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार