प्रदेश एकमा ३१६ पदका लागि लोकसेवाले खुलायो जागिर
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार १४:५५:१९
१९ मंसिर, काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश लोक सेवा आयोगले ३१६ पदका लागि दरखास्त माग गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न समूहका प्राविधिक तर्फका पदहरूको आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आह्वान गरेको हो ।
आह्वान गरिएकामध्ये २१७ जना खुलातर्फका छन् । महिलाका लागि ४६ पदमा दरखास्त खुलाइएको छ भने १४ वटा कोटा मधेसीका लागि छुट्याइएको छ । दलितका लागि एउटा मात्रै कोटा दिइएकोमा बाँकी आदीवासी जनजाती कोटामा दरखास्त खुलाएको छ । १७ जना भने आन्तरिक प्रतिस्पर्धामार्फत भिड्ने छन् । चैत २५ बाट लिखित परीक्षा सुरु भई जेठ २० सम्म कायम रहने छ ।
स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म दरखास्त दिनसक्ने छन् ।
अनलाइनमार्फत दरखास्त दिन सकिने आयोगले जनाएको छ । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ । सिफारिस भएका उमेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश भ्रमणमा कडाई, व्यक्तिगत कामका लागि विशेष तथा कूटनीतिक राहदानी प्रयोग गर्न नपाइने
मंसिर ११, २०८१ मंगलबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार