अत्तरिया बजारका अवैध संरचनामा नगरपालिकाे नजर, डाेजर लगाएर भत्काइँदै
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार १७:४६:३२
१९ मंसिर, धनगढी । कैलालीको अत्तरियामा आइतबारदेखि बजार क्षेत्रमा सडक अतिक्रमण गरेर निर्माण गरेका संरचना हटाउन सुरु गरेको नगरपालिकाले सोमबार पनि निरन्तरता दिने भएको छ ।
गोदावरी नगरपालिकाअन्तर्गत पर्ने यस क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने अभियानलाई आज पनि निरन्तरता दिने भएको हो ।
नगरपालिकाको कार्यालय अगाडिबाट सुरु गरिएको भत्काउने अभियान बजार क्षेत्रमा पुगेको छ। गोदावरीका नगरप्रमुख वीरेन्द्र भट्टले अत्तरिया बजारलाई व्यवस्थित बनाउन अतिक्रमित संरचना हटाउन सुरू गरेका हुन् । कतिपय अतिक्रमणकारीले आइतबारदेखि नै आफैंले संरचना हटाउन सुरु गरेका छन् ।
भत्काउनुपहिले आफैंले हटाएर पालिकालाई सहयोग गर्न उनले अनुरोध गरेका छन् । डाेजरले भत्काउँदा सामानमा क्षति पुग्ने हुनाले आफूले बारम्बार अनुरोध गर्दै आइरहेको उनले बताए ।
गत वैशाख ३० मा स्थानीय तहको निर्वाचनमा स्थानीय तहको नेतृत्वमा नयाँ अनुहारको प्रवेशपछि देशका विभिन्न स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सार्वजनिक प्रयोगका क्षेत्रमा अतिक्रमण गरी बनाइएको भौतिक संरचना ३५ दिने सूचना प्रकाशित गर्दै हटाउने अभियान नै चलाइरहेका छन् ।
यसमा पहिलोपटक काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्र सडक, पार्किङ, फुटपाथ तथा धार्मिक–पुरातत्विक क्षेत्रहरुमा अतिक्रमण गरी बनाइएका टहरा, पार्किङ स्थल तथा फुटपाथ अतिक्रमणलाई हटाउन सुरु गरेका हुन् । त्यसपछि महानगरका छिमेकी नगरपालिकादेखि देशैभर अभियानको रुपमा अघि बढाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार