नगरप्रमुख महताेकाे निर्देशनमा विद्यालयद्वारा दर्जन बढी विद्यार्थी निष्कासन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार १९:१८:०
![](https://nepalbahas.prixacdn.net/media/albums/dipendra-protest-student_UwlQJiNiA9.jpg)
१९ मंसिर, महोत्तरी । जिल्लाको गौशाला नगरपालिकाका नगरप्रमुख दिपेन्द्र महतोले यहाँस्थित एक माविबाट विद्यार्थीलाई निकालिदिएका छन् । विषगत शिक्षकको अभाव भएको भन्दै शिक्षक माग गरेका दर्जन बढी विद्यार्थीलाई प्रमुख महतोले विद्यालयबाटै निष्कासन गरिदिएका हुन् ।
उनले गौशालास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रधानाध्यापकसँगको मेलिमतोमा निष्कासन गरेका हुन् । शिक्षक नहुँदा माविमा शैक्षिक सत्र सुरु भएदेखि नियमित पठनपाठन समेत हुन सकेको छैन । यही कारण विद्यार्थीहरूले शिक्षक ल्याउन माग गर्दै आएका छन् ।
विद्यालयमार्फत प्रमुखसँग शिक्षक माग गर्दा समेत बेवास्ता गरेपछि विद्यार्थीले नाराबाजीसहित प्रर्दशन गरिरहेका थिए । विद्यार्थीहरूले गौशाला–औरही सडकखण्डमा पर्ने विद्यालयको गेट अगाडि आइतबार चक्काजाम गरेर प्रदर्शन गरेका थिए ।
तर आफूविरुद्ध नाराबाजी गरेको आरोप लगाउँदै नगरप्रमुख महतोले उनीहरूलाई धरपकड गर्न निर्देशन दिँदै प्रदर्शनमा उएिका विद्यार्थीलाई सामूहिक निष्कासन गरे ।
विद्यार्थीको माग सम्बोधन गर्नुको सट्टा उनीहरूलाई विद्यालयबाटै निष्कासन गर्नुलाई अभिभावकहरूले नगरप्रमुख महतोको निरंकुशताको संज्ञा दिएका छन् । विद्यार्थीहरूकाे माग तत्काल पूरा गरी निष्कासित विद्यार्थीलाइ तुरून्त पठनपाठमा फर्काउन माग गरे ।
आफूहरुले अन्तिम परीक्षा आउनै समय नजिकै आउँदा समेत शिक्षकको व्यवस्था नगरिदिँदा समस्या भएको कक्षा ८ मा अध्यनरत सरिता महतोले बताइन् ।
प्रमुख महताले विद्यालय र विद्यार्थीलाई सधै. झूठो आश्वासन मात्रै देखाएको विद्यार्थीहरुको भनाइँ छ । ‘हाम्रो भविष्यमाथि खेलबाड गरेपछि आन्दोलनमा जान बाध्य भएको हो’ एक विद्यार्थीले भने । शिक्षक पदपूर्ति नभएसम्म आन्दोलन कायम राख्ने उनीहरुको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र यादव छन् ।
यता, शिक्षाविद्हरूले महतोको निर्णयप्रति आपत्ति जनाएका छन् । महतोको कदम पुर्णरुपमा पूर्वाग्राही र निरङकुशताको पराकाष्ठा भएको उनीहरूको भनाइ छ ।
मानवअधिकारवादीहरूले पनि महतोको कदम गलत भएको निष्कर्ष निकालेका छन् । अधिकारवादी अजय साहले महतोले विद्यायार्थीको अधिकार मात्र हैन लोकतन्त्रको नै उपहास गरेको आरोप लगाए ।
विद्यार्थीहरूले शिक्षक अभावमा पढ्न नपाइरहेको गुनासो बढिरहेको बेला सोही विद्यालयमा दुई दिनअगाडि महतोको योजनामा भोजभतेर समेत चलाएको पाइएको छ ।
सेवा निवृत्त शिक्षकहरूको समूह गठन गर्ने नाममा शनिवार विद्यालय परिसरमा भोजभतेर गरेर फोहोर बनाए स्थानीयको आरोप छ । विद्यालयजस्तो ठाउँमा महतोकै निर्देशनमा भोजभतेर गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुने
फागुन १, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
अध्ययन स्कुलमा विद्यालयस्तरीय ह्याकाथन प्रतियोगिता सुरू
माघ १७, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार