दार्चुलामा भारतीय ज्यादाति, महाकालीको सीमा पुल बन्द
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार १९:३६:४
१९ मंसिर, धनगढी । दार्चुलामा पर्ने नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको अन्तर्राष्ट्रिय सीमा पुल भारतले फेरि बन्द गरेको छ । महाकाली नदीको धार नेपालतर्फ घचेट्ने भारतीय कार्यको विरोधमा आइतबार भएको दोहोरो ढुंगामुढाको विषयलाई लिएर सोमबार बिहानैदेखि भारतीय पक्षले सीमा पुल बन्द गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीका अनुसार भारतीय व्यापारी र नागरिक मिलेर साेमबार बिहानदेखि सीमा पुल बन्द गरिएको हो ।
सीमा नदी महाकालीमा भारतले एकतर्फी ढंगले नेपाललाई असर पुग्ने गरी तटबन्ध निर्माण गरिरहेको भन्दै नेपाली नागरिकहरुले आइतबार विरोध जनाएका थिए । पुल खुलाउनका लागि जिल्ला प्रशासन कार्यालयले आवश्यक समन्वय गरिरहेको बताइएको छ।
भारतीय पक्षकाे अतिक्रमण र हस्तक्षेपकै कारण सीमामा बसाेबास गरिरहेका नेपालीहरूले मानवीय क्षतिसमेत व्यहाेर्न विवश बन्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार