प्याब्सकले फुटसल कप आयोजना गर्ने, ३२ वटा विद्यालयको सहभागिता
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार १९:५२:५८
१९ मंसिर, काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं ‘प्याब्सक’ले मंगलबारदेखि दुई दिनसम्म फुटसल आयोजना गर्ने भएको छ । संगठनले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फुटसल प्रतियोगिताबारे जानकारी गराएको हो ।
संगठनका अध्यक्ष गेन्द्र लामाले दुई दिनसम्म चल्ने प्रतियोगितामा ३२ वटा विद्यालयका विद्यार्थीहरूको टीम सहभागी हुने बताएका छन् । भाटभटेनी फुटसल ग्राउण्ड चुच्चीपाटीमा हुने प्रतियोगिताको तयारी भइरहेको प्याब्सकका महासचिव राजन श्रेष्ठ ‘धरातल’ ले जनाए ।
प्रतियोगितामा प्याब्सक सदस्य विद्यालयले मात्रै सहभागिता जनाउन पाउने श्रेष्ठको भनाई छ । विद्यार्थीको सीप विकास गर्ने उद्देश्यले प्याब्सकले यस प्रकारका कार्यक्रम आयोजना गर्दै आएको पनि महासचिव श्रेष्ठले जनाए ।
प्रतियोगितामा प्रथम हुने टिमले १० हजार रुपियाँ नगदसहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुने टिमले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने टिमले ३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने प्रतियोगिता आयोजक समितिका संयोजक राजु पुडासैनीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार