एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने पक्का, समानुपातिकतर्फ ४ सिट क्षति व्यहाेर्दै
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २०:२०:५४
१९ मंसिर, काठमाडौं । आम निर्वाचन ०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय दल नबन्ने पक्का भएको छ ।
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा आइपुग्दासमेत उसले सदर मतको ३ प्रतिशत मत ल्याउन नसकेपछि राष्ट्रिय दल बन्नबाट चुक्ने भएको छ । कुनैपनि दर राष्ट्रिय स्तरको दल बन्न समानुपातिकतर्फको सदर कूल मतमध्ये ३ प्रतिशत मत कटाउनु अनिवार्य छ । यो सीमा पूरा नुहँदा उसले समानुपातिकतर्फ कम्तीमा ४ सिट गुमाउनु पर्ने भएको छ ।
प्रतिनिधिसभातर्फ समानुपातिकमा एक करोड चार लाख २० हजार १२५ मत सदरभएकोमा एकीकृत समाजवादीले सोमबार मध्याह्नसम्म दुई लाख ९४ हजार ३६२ मत पाएको छ । त्यसमा थप १८ हजार २४२ मत आवश्यक पर्छ । तर मतगणना गर्न बाँकी रहेका सबै मत पाए मात्र उसलाई राष्ट्रिय दल बन्ने बाटो खुला हुन्छ । तर गन्न बाँकी सबै उसकै हुने संभावना छैन ।
यस्ताे अवस्थामा ‘थ्रेसहोल्ड’ कटाउन नसकेका सबै दललाई प्राप्त समानुपातिक सबै मत राष्ट्रिय दलकाे दर्ज पाएका दलहरूले अनुपातमा बाँडेर लिन्छन् ।
‘थ्रेसहोल्ड’ कटाएको खण्डमा एकीकृत समाजवादीले समानुपातिकमा ४ सिट पाउन सक्थ्यो । एकीकृत समाजवादीले प्रत्यक्षतर्फ भने १० सिट जितेको छ । उसले चुनावमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, सरकारमा रहेका दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा गठबन्धन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार