वुहान प्रयोगशालाका अमेरिकी वैज्ञानिक भन्छन्- ‘कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो’
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २०:२७:५७
१९ मंसिर, बेइजिङ । चीनको वुहानस्थित एउटा विवादास्पद अनुसन्धान प्रयोगशालामा काम गर्ने एक अमेरिकी वैज्ञानिकले कोभिड १९ एक ‘मानव निर्मित भाइरस’ भएको र त्यो अनुन्धान फ्यासिलिटबाट चुहावट भएको बताएका छन् ।
कोभिड दुई वर्षपहिले राज्यद्वारा सञ्चालित र वित्तीय अनुदान प्राप्त अनुसन्धान केन्द्र वुहान इन्स्टिच्युट अफ भाइरोलोजी-डब्ल्यूआईभी)बाट चुहावट भएको बेलायती अखबार ‘द सन’मा अमेरिकास्थित अनुसन्धानकर्ता एन्ड्र्यु हफको भनाइ उद्धृत गर्दै न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ ।
महामारीविज्ञ हफले आफ्नो पछिल्लो पुस्तक ‘द ट्रुथ अबाउट वुहान’मा अमेरिकी सरकारको आर्थिक सहयोगका कारण महामारी फैलिएको दाबी गरेका छन् । हफको पुस्तकका अंशहरू बेलायतको ट्याब्लोइड द सनमा बाहिर आएको छ।
हफको पुस्तकका अंशहरू बेलायतको ट्याब्लोइड द सनमा बाहिर आएको छ । न्युयोर्क पोस्टको रिपोर्टअनुसार हफ संक्रामक रोगहरूको अध्ययन गर्ने न्युयोर्कस्थित गैरनाफामुखी संस्था इकोहेल्थ एलायन्सका पूर्वउपाध्यक्ष हुन् ।
हफले आफ्नो पुस्तकमा दाबी गरेका छन की चीनको ‘गेन-अफ-फङ्सन’ प्रयोग अपर्याप्त सुरक्षाका साथ सञ्चालन गरिएको थियो, जसका कारण वुहान प्रयोगशालामा चुहावट भयो ।
काेभिड-१९ को उत्पत्तिलाई लिएर वुहान बहसको केन्द्र बनेको छ । दुबै चिनियाँ सरकारी अधिकारीहरू र प्रयोगशाला कामदारहरूले भाइरसको उत्पत्ति त्यहाँ भएको कुरालाई अस्वीकार गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार