समानुपातिकतर्फ प्रचण्ड र रबिलाई बराबर सिट !
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २०:४५:४२
१९ मंसिर, काठमाडौं । आमनिर्वाचन २०७९ मा प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) र सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बराबर सिट प्राप्त हुने भएको छ ।
सोमबार दिउँसोसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको पछिल्लो तथ्यांकअनुसार उक्त दुई दलले समान सिट पाउने निश्तिप्रायः भएको हो ।
माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ६२ हजार २२९ मत पाएको छ । रास्वपाले ११ लाख २४ हजार ५५४ मत पाएको छ । दुई पार्टीबीच केही हजार मतको अन्तर भएपनि मत परिणाम विभाजक सूत्रअनुसार दुवै पार्टीले समान १४/१४ सिट पाउने भएका हुन् ।
माओवादी केन्द्र सशस्त्र क्रान्तिबाट संसदीय व्यवस्थामा प्रवेश भएकाे राजनीति दल हाे । याे दलले प्रवेशताका २०६४ मा भएकाे संविधानसभाकाे निर्वाचनमा पहिलाे दल बनेकाे थियाे । तर पन्ध्र वर्षमा खुम्चिएर निकै सानाे बनेकाे छ ।
रबि लामिछाने नेतृत्वकाे दल भने यसै वर्ष गठन गरी निर्वाचन अायाेगमा दर्ता भएकाे दल हाे । उसले सुरूवातीमै संसदीय व्यवस्थामा राम्राे स्थान बनाएकाे छ
भयस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीबीच झण्डै २६ हजारको मत अन्तर छ। तर, मत परिणाम विभाजक सूत्रबाट हिसाब यी दुवै पार्टीले समान ५र५ सिट पाउने देखिन्छ । प्रतिनिधि सभातर्फ प्रत्यक्षमा माओवादी केन्द्रले १८ सिट ल्याउँदा रास्वपाले ७ सिटमा जित निकालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार