नगरपालिकाद्वारा विद्यार्थीको निःशुल्क स्वास्थ्यपरीक्षण गर्ने
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २०:३५:२९
१९ मंसिर, काठमाडौं । टोखा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छ हजार पाँच सय ७५ विद्यार्थीको निःशुल्क स्वास्थ्यपरीक्षण गर्ने भएको छ । नगरपालिकाले उपप्रमुखसँग बालबालिका कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा १० सामुदायिक र तीन वैकल्पिक विद्यालयमा अध्ययनरत छ हजार पाँच सय ७५ विद्यार्थीलाई वर्षको एकपटक निःशुल्क स्वास्थ्यपरीक्षण गर्न लागेको हो ।
नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले उपप्रमुखसँग बालबालिका कार्यक्रमअन्तर्गत सबै सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई विद्यालयमै गएर निःशुल्क स्वास्थ्यपरीक्षण गर्न लागिएको राससलाई जानकारी दिए । “स्वास्थ्यपरीक्षण अन्तर्गत नाक, कान, घाँटी, दाँत, मुटु, प्रेसर, रगत समूहलगायतको परीक्षण गरिन्छ, परीक्षण गर्दा जटिल प्रकृतिको रोग देखिएमा अन्य अस्पतालमा सिफारिस गरिन्छ”, उनले भने । टोखाले उक्त कार्यक्रम सञ्चालन गर्न चालू आवमा रु २० लाख बजेट विनियोजन गरेको छ ।
टोखामा हाल बौडेश्वर मावि, झोर महाङ्काल मावि, सरस्वती मावि, चण्डेश्वरी मावि, जालुपा मावि, तिलिङ्गाटार मावि, धापासी मावि, मनोहर मावि, चुनदेवी आधारभूत विद्यालय र महादेव आधारभूत विद्यालय रहेका छन् । यस्तै, चेतना महिला वैकल्पिक विद्यालयु, बुद्ध नमूना वैकल्पिक विद्यालय र शुभश्री वैकल्पिक विद्यालय रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार