दुर्घटनाका घाइतेको मृत्यु भएपछि सडकमा शव राखेर प्रदर्शन
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २१:२०:३७
१८ मंसिर, बारा । गत मंसिर १५ गते दुर्घटनामा परेर घाइते भएका बारा जितपुरसिमरा उपमहानगरपालिका–५ का ३५ वर्षीय विजयी माझीको गत मंसिर १५ गते उपचारका क्रममा मृत्यु भएको छ । मृत्युपछि आक्रोशित पीडितका आफन्तले सोमबार जितपुरसिमराको सडक अवरोध गर्दै प्रदर्शन गरेका छन् ।
पथलैया निजगढ सडक खण्डमा दाउरा लिएर साइकलमा आउने क्रममा नम्बर नखुलेको सवारी साधनले माझीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते माझीलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएपछि रकम अभाव भएका कारण उनको शव अस्पतालमै रहेको थियो । स्थानीयले चन्दा संकलन गरी १ लाख ८० हजार अस्पताललाई भुक्तानी गरेर मंसिर १८ गते जिल्ला अस्पताल कलैयामा पोस्टमाटम गरि आज उनीहरुले शब सडकमा ल्याएर प्रदर्शन गरेका हुन् ।
पूर्व जनप्रतिनिधि वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरीका अनुसार मृतक माझीका ४ छोराछोरी छन् । दुर्घटना भएको ४ दिन सम्मपनी प्रहरीले सो फरार गाडी पक्राउ नगरेपछि बाध्य भएर शव सडकमै ल्याएर आन्दोलन हुनु परेको बताए ।
आक्रोशित भीडले सडकमा अवरोध गर्दा करिब १ हजार सवारी साधन दुईतर्फ सडकमा अलपत्र छन् । दोषीलाई पक्राउ गरी कारबाही र पीडितलाई क्षतिपूर्ति नदिएसम्म उनीहरुले प्रदर्शन जारी राखेका छन् ।
आन्दोलनमा उत्रिएकाहरुले जितपुर चोक सडकखण्ड अवरुद्ध बनाएका छन् । सडक सवारीसाधनसमेत चल्न नदिकन आन्दोलन हुन थालेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार