रवि लामिछानेको नागरिकता छानबिनमा अमेरिकी दूतावासलाई पत्र
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २२:१८:३३
१९ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता छानबिनका क्रममा प्रहरीले नेपालस्थित अमेरिकी राजदूतावासलाई पत्र लेखेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिएसँगै प्रहरीले दूतावासलाई पत्र लेखेको हो । अमेरिकी नागरिकता त्यागेर नेपाल फिर्ता आएका भनिएका लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अभियन्ताहरुले मंसिर ९ मा गृह मन्त्रालयमा उजुरी गरेका थिए । उजुरीसँगै उनको नागरिकतामाथि छानबिन सुरु भएको हो ।
उजुरीमा लामिछानेले नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) तथा नागरिकता नियमावली २०६३ विपरीत दोहोरो नागरिकता लिएको तथा निष्क्रिय भइसकेको नागरिकता प्रयोगमा ल्याएको उल्लेख गरेका थिए । अमेरिकी नागरिकता लिँदा लामिछानले नेपाली नागरिकता खारेज नगरी आफैंसँग राखेकाे व्यहाेरा उजुरीमा छ ।
लामिछाने हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ चितवन २ बाट सांसद विजयी भइसकेका छन् । उनीमाथि निर्वाचनमा उम्मेदवारी दर्ताका क्रममा निष्क्रिय नागरिकता प्रयोग गरिएको आरोप छ । नेपालल छाडेर अमेरिकाबाट नागरिकता लिएका उनले नेपाली नै कायम रहन फिर्ता आएका उनले अमेरिकी नागरिकता त्याग गरे नगरेको र नेपालमा नागरिकताको प्रतिलिपि लिए नलिएको विषयमाथि अनुसन्धान सुरु गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार