सर्वोच्चद्वारा भुवन केसीको नियुक्ति विरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ मंगलबार ०:३:२६
१९ मंसिर, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष अभिनेता भुवन केसीको नियुक्तिविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बोर्डको अध्यक्ष हुन केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै नरेशकुमार पौडेल लगायतले प्रधानमन्त्रीको कार्यालयलगायत विपक्षी बनाइ दायर गरिएको रिटमा न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाश सिहं राउतको संयुक्त इजलासले सोमबार अन्तरिम आदेश नदिई पूर्ण सुनुवाइका लागि पेश गर्ने आदेश दिएको छ ।
साउन ९ गतेको मन्त्रिपरिषदले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । शैक्षिक योग्यता साथै यौन दुर्व्यवहारको आरोप लागेका केसीलाई विकास बोर्डको अध्यक्ष बनाएर कानून मिचेको आरोप रिटमा थियो ।
दुई वर्षअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि केसीले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै १० करोड क्षतिपूर्ति माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार