सिम्रिकसँग हेलिकोप्टर किनेको हेली एभरेष्टलाई ६ जना पाइलटको आवश्यकता
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार १६:३०:४९
२० मंसिर, काठमाडौं । हेली एभरेष्ट प्रालीले ६ जना पाइलटका लागि रोजगारी खुलाएको छ । हालै मात्र सिम्रिक एयरसँग एउटा हेलिकोप्टर खरिद गरेसँगै हेली एभरेष्टलाई पाइलटको आवश्यकता परेको हो ।
उसले एस थ्री फाइब जिरो बी थ्री इ नामको हेलिकोप्टर उडानका लागि जनशक्ति मागेको हो । यो हेलिकोप्टर सगरमाथा आधार शिविरसम्म उडानका लागि प्रयोग हुँदै आएको छ ।
हेलीले दुई इन्स्ट्रक्टर पाइलट, दुई कप्तान र दुई प्रशिक्षार्थी पाइलटको लागि आवेदन खुलाएको छ । इन्स्ट्रक्टर पाइलटका लागि लाइसेन्स अनिवार्य र दुई हजार घन्टाभन्दा बढी समयको उडान अनुभव चाहिने बताएको छ ।
कप्तानमा आवेदन दिन लाइसेन्सँगै दुई हजार उडान अनुभव चाहिने कम्पनीले जानकारी दिएको छ । त्यस्तै प्रशिक्षार्थीको हकमा विना अनुभव भए पनि लाइसेन्स अनिवार्य भनिएको छ ।
गत असोजमा कम्पनीले सिम्रिक एयरको एउटा एयरबसको बी(थ्रीइ सिरिज हेलिकोप्टर खरिद गरेको थियो । अहिले कम्पनीसँग तीनवटा हेलिकोप्टर छन् ।
कोभिड संक्रमण नियन्त्रणमा आएसँगै आन्तरिक र बाह्य पर्यटकबाट हेली सेवाको मागलाई मध्यनजर गर्दै कम्पनीले हेलिकोप्टर थपेको थियो । तीन वर्षअघि नै हेलिकोप्टर थपेर क्षमता विस्तार योजना बनाएको कम्पनीले कोभिड संक्रमणका कारण थप्न सकेको थिएन ।
यो कम्पनीले सिलिङ, साइट सिइङ, रेस्क्यु, फिल्मिङ, माउन्टेन फ्लाइट लगायतको सेवा दिँदै आएको छ। हेलिकोप्टर खरिदका लागि कम्पनीले सिम्रिकसँग दुई महिना अगाडि नै सम्झौता गरेर प्रक्रिया सुरु गरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
प्रधानमन्त्री रोजगार कार्यक्रमः सडक ढलानमा स्थानीयलाई अवसर
असोज १०, २०८१ बिहिबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार