महाकाली विवादबारे भारतलाई कूटनीतिक नोट पठाउने परराष्ट्रकाे तयारी
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार १७:३७:२१
२० मंसिर, काठमाडौं । दार्चुलामा महाकाली नदीको धार नेपालतर्फ धकेलिने गरी भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाउने तयारी गरेको छ ।
दार्चुलाको सदरमुकाम खलंगापारि भारतले तटबन्ध बनाउँदा नदी नेपालतर्फ धकेलिएर नेपाललाई असर पर्ने भन्दै स्थानीयले प्रतिकार गरेका छन् । तैपनि सरकार मौन बसेपछि सरकारको आलोचना बढ्दै गइरहेको बेला सरकारले भारतलाई कुटनीतिक नोटमार्फत विरोध जनाउने तयारी गरेको हो ।
भारतीय पक्षको ज्यादातिको नेपाली पक्षबाट भएको प्रतिवाद हुँदा आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएको थियो । त्यसक्रममा नेपालीहरु घाइते भएका थिए ।
संभावित खतरा कायमै रहेको पाइएपछि उक्त घटनाबारे गृहमन्त्रालयले रिपोर्ट परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ । सरकारको तर्फबाट भारतलाई कूटनीतिक नोट पठाउने तयारी भइरहेको परराष्ट्र स्रोतले बतायो ।
घटनापछि सोमबार भएको स्थाीय स्तरमा नेपाल–भारतका प्रशासन अधिकारीहरुबीच भएको वार्तामा तत्काल विवादित क्षेत्रमा तटबन्ध नबनाउने सहमति भएको छ। सोही विषय दार्चुला सिडिओले गृह मन्त्रालयमा जानकारी दिएका थिए । भारतीय पक्षले आफ्नोतिर तटबन्ध लगाउँदा नेपालतर्फ असर पुग्ने गरी बनाएपछि पछिल्लो विवाद देखिएको उपाध्यायले बताए ।
२०७० मा आएको ठूलो बाढीका कारण नेपालीतिरकाे बजारमा ठूलो क्षति भएको थियो । भारतीले अहिले आफ्नोतिर तटबन्ध बनाउन तटबन्धभन्दा १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएर गाडी गुड्ने अस्थायी संरचना बनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार