सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, केही दिनमै घरघरमा
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार १८:८:१७
२० मंसिर, काठमाडौं । साता दिनपहिले सुरुङमा छाडिएको मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ । गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो । अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ ।
सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा मेलम्चीको पानी आइपुगेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । केही दिनमा मेलम्चीको पानी काठमाडौंका घरघरमा पठाइने उनको भनाइ छ । वितरणका लागि सबै निकायलाई जानकारी पनि गराइसकिएको उनले बताए ।
मेलम्ची खानेपानी विकास समितिका कर्मचारीले गत साउनदेखि पारिश्रमिक नपाएको भन्दै विरोध जनाउँदै आएका छन् । केही दिनपहिले सुरुङमा छाडिएको पानी अवलोकनमा पुगेका सांसदहरुसँग उनीहरुले पारिश्रमिक नपाएसम्म काठमाडौंमा पानी वितरण कार्यमा अवरोध पुर्याउने चेतावनी दिएका थिए । उनीहरु अझै पानी रोक्ने योजनामा रहेका छन् ।
यता सरकारले मेलम्ची खानेपानी विकास समिति पुनर्गठन गर्ने तयारी गरेको छ । काठमाडौंका १० क्षेत्रमा निर्वाचित भएका सांसदहरूले मेलम्ची खानेपानी विकास समिति खारेज गरी खानेपानी विभागमार्फत पानी वितरणको कारण बाह्रै महिना गर्नेगरी कार्ययोजना बनाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार