पुष्पा न्यौपानेको मृत्यु प्रकरणः ४ जनाविरुद्ध किटानी जाहेरी
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार १८:२९:१८
२० मंसिर, काठमाडौं । पुष्पा न्यौपानेको जलेर भएकाे मृत्यु प्रकरणमा ४ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । विवाहका लागि ३ महिनाअघि सुधन संग्रौलासँग गरिएको इन्गेजमेन्ट टुटेपछि केटाकहाँ गएकी उनी आइतबार जलेर सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु हत्याबाट भएको भन्दै परिवारका सदस्यले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएका हुन् ।
इन्गेजमेन्ट गरेका २९ वर्षका मधु संग्रौलासहित उनको परिवारका सुधन संग्रौला, ५७ वर्षका दिनेश संग्रौला र बिन्दु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ ।
किटानी जाहेरीमा केटा पक्षले घरमा समेत बोलाएर मानसिक यातना दिएको र ज्यान फाल्ने अवस्थामा पुर्याएको दाबी गरिएको छ । छ । शरीरमा पेन्ट्रोल खन्याएर आगो लगाएको अवस्थामा पुष्पालाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा पुर्याइएको प्रहरीको भनाइ छ ।
सोमबार बिहान साढे ९ बजे उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । सुधन र पुष्पाबीच वर्ष दिनभित्र विवाह गर्ने सहमतिमा १८ भदौमा इन्गेजमेन्ट भएको मृतकका पक्षको भनाइ छ । तर केटा पक्षले १७ कात्तिकमा इन्गेजमेन्टको दक्षिणा र गरगहना फिर्ता गरेपछि सम्बन्धमा समस्या आएको थियो ।
जोहरी परेसँगै प्रहरीसँग सुधन र पुष्पाबीच फेसबुक म्यासेन्जर, भाइबर र ह्वाटस एपसहित कल डिटेल विवरण बुझेर अनुसन्धान गर्न पनि माग गरेको छ । न्यौपाने दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालक थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार