बाँकेको दुर्गम मानिएको मटेहियामा स्टार रिफ्युलिङ्ग सेन्टर संचालनमा
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार १८:३५:५५
२० मंसिर, नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले सोमबार एक कार्यक्रमका बिच पेट्रोल पम्पको उदघाटन गरेका छन् । नरैनापुर गाँउपालिका वडा नं.५ मटेहियामा स्टार रिफ्युलिङ्ग सेन्टर सोमबार देखि संचालनमा आएको हो ।
पेट्रोल पम्पको उदघाटन गर्दै अध्यक्ष शाहले भने, बाँकेको सबै भन्दा दुर्गम मानिएको नरैनापुरमा शिक्षा, स्वास्थ्य, सडक र बिजुलीको विस्तार संगै इन्धन विक्रेताको समेत विकास र विस्तार भइरहेको भन्दै अध्यक्ष शाहले विक्रेताहरुको सुरक्षा सहितको वातावरणका लागि प्रतिबद्ध रहेको बताए ।
अध्यक्ष शाहले ‘पम्प सञ्चालनमा आए संगै उपभोक्ताहरुलाई पेट्रोल र डिजेल लिन नेपालगंज वा भारत जानु पर्ने बाध्यताको अन्त्य भएको बताए । यस्तै पम्पका संचालक रिजवान अहमद खाँले पम्पमा डिजिटल प्रविधिको डिस्पेन्सिङ मेसिन जडान गरिएकोले उपभोक्ताले सवारीसाधनमा इन्धन भर्दा परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्यबारे सहजै जानकारी पाउने बताए ।
हाल आयात भइरहेको युरो– ६ मापदण्डको इन्धनमा प्रज्ज्वलनशील क्षमता बढी भएर पम्पहरूमा आगलागी हुन थालेपछि आफूहरुले निमार्ण गरेको पम्पमा विशेष किसिमको ‘अर्थिङ’ जडान गरिएको जानकारी गराए । उनले भने, स्पार्क भई तेल बोकेको ट्यांकर वा पम्पमा आगलागी हुने सम्भावना न्यून छ । नरैनापुरमा निमार्ण गरिएको पम्प बाँके जिल्ला कै अत्याधुनिक पम्प रहेको संचालक खाँले जानकारी गराए ।
पम्पको उदघाटन कार्यक्रममा नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं. २ का वडा अध्यक्ष मसूद अहमद शाह,वडा नं. ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य, कार्यपालिका सदस्य सन्तोष श्रीवास्तव, जिन्सी शाखा प्रमुख भरत महतो र माओबादी केन्द्रका नेता इमरान खान लगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार