डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी एफवान सफ्ट २० औँ वर्षमा प्रवेश
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार २०:२७:१९
२१ फागुन, काठमाडौं । प्रविधि मार्फत डिजिटल वित्तीय सेवा प्रदान गर्दै आएको नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल २० औँ वर्षमा प्रवेश गरेको छ ।
डिजिटल वित्तीय सेवा पुर्याउने उदेश्यले सन् २००४ को मार्च ६ तारेखबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो । १९ वर्षको अवधिमा कम्पनी नेपालको ठुलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको हो । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गर्दै आएको छ ।
सुरूमा एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ । यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाइल मार्फत हुने भुक्तानीको समेत विकास गरेको छ । कम्पनीमा हाल १ हजार २ सय भन्दा बढि दक्ष जनशक्तिले रोजगारी पाएका छन् । यो २० वर्षको अवधिमा कम्पनीले नेपालको डिजिटल फाइनान्सियल क्षेत्रमा टेवा पुर्याउन ठुलो भूमिका खेलेको छ ।
१९ वर्ष पुरा भइ २० औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भन्नुभयो, ‘एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुको अर्थतन्त्रलाई पुगोस् भन्ने दृष्टिकोण राखेर हामीले प्रविधि निर्माण गछौँ । हामीले डिजिटल नेपाल बनाउँदै इकोनोमीलाइ नै डिजिटलाइज गरि देशको जिडिपीमा ठुलो योगदान दिन सकौँ भन्ने उदेश्य राखेका छौँ । यसका लागि हामीले आगामी दिनमा अझ मिहिनेतका साथ अत्याधुनिक प्रविधि निर्माणमा सशक्त रूपमा लाग्नेछौँ ’।
एफवान सफ्ट ग्रुप अन्तरगत हाल एक दर्जन बढी कम्पनी सञ्चालनमा छन् । एफवान सफ्ट ग्रुप अन्तरगत इसेवा, फोनपे, इसेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका जस्ता प्रविधिमा अग्रणी कम्पनी सञ्चालित छन् । यी कम्पनीले वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उदेश्यले सफ्टवेयर निर्माण गर्ने गर्दछन् ।
नेपालका अधिकांश बैंंक तथा वित्तीय संस्थाले एफवान सफ्टले विकास गरेका प्रविधि प्रयोग गर्दै सेवा दिइरहेका छन् । कम्पनीले विकास गरेको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड ५० लाख भन्दा धेरै रहेका छन् । कम्पनीले आफ्नो सामाजिक उत्तर दायित्व अन्तरगत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग समेत गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
रायो, पालुङ्गो, चमसुर, तोरी र मेथीको साग सस्तियो, अन्य तरकारीको मूल्य कस्तो छ ?
माघ २०, २०८१ आइतबार
१२ किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’
माघ २०, २०८१ आइतबार
टिप्ताला भञ्ज्याङसम्म पहिलो पटक मोटरसाइकल यात्रा
माघ २०, २०८१ आइतबार
लाहाखेतीबाट मनग्य आम्दानी
माघ २०, २०८१ आइतबार
आज विश्व सिमसार दिवस मनाइँदै
माघ २०, २०८१ आइतबार
झापामा कुटपिटबाट एक जनाको मृत्यु
माघ २०, २०८१ आइतबार
रायो, पालुङ्गो, चमसुर, तोरी र मेथीको साग सस्तियो, अन्य तरकारीको मूल्य कस्तो छ ?
माघ २०, २०८१ आइतबार
१२ किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’
माघ २०, २०८१ आइतबार
टिप्ताला भञ्ज्याङसम्म पहिलो पटक मोटरसाइकल यात्रा
माघ २०, २०८१ आइतबार
लाहाखेतीबाट मनग्य आम्दानी
माघ २०, २०८१ आइतबार
आज विश्व सिमसार दिवस मनाइँदै
माघ २०, २०८१ आइतबार
झापामा कुटपिटबाट एक जनाको मृत्यु
माघ २०, २०८१ आइतबार
रायो, पालुङ्गो, चमसुर, तोरी र मेथीको साग सस्तियो, अन्य तरकारीको मूल्य कस्तो छ ?
माघ २०, २०८१ आइतबार
१२ किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’
माघ २०, २०८१ आइतबार
टिप्ताला भञ्ज्याङसम्म पहिलो पटक मोटरसाइकल यात्रा
माघ २०, २०८१ आइतबार
लाहाखेतीबाट मनग्य आम्दानी
माघ २०, २०८१ आइतबार