घरेलु हतियार प्रदर्शनले थापाथलीवासी आतंकित, सुकुम्वासी बस्ती हटाउन बालेन शाहलाई ज्ञापनपत्र
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार १९:४५:१२
२० मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकमवासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन् । स्वतस्फुर्त भेला भएका सर्वसाधारणले सोमबार ज्ञापनपत्र बुझाएका हुन् ।
सुकुम्वासीकाे नाममा अस्तव्यस्त् बसोबास र दिउँसै खुल्लारुपमा घरेलु हतियारका कारण राजधनीवासी भयावह र असुरक्षित महशुस गरेको उल्लेख गरेका छन् । खुकुरी, भाला जस्ता हतियारकाे खुला प्रदर्शनले स्थानीय आतंकित बनेकाे उनीहरूकाे भनाइ छ । हतियार सडकमा हतियार देखाउनेमाथि कारवाही हुनुपर्ने उनीहरूकाे माग छ ।
उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको सार्वजनिक/सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी, अस्वभाविक एवं अनियन्त्रित रुपमा बसिरहेका बताउँदै तत्काल हटाउन माग गरेका छन् । सुकुम्वासीका नाममा बसाेबास गरिरहेका मानिसका कारणा खोला प्रदुर्षित भएको र राजधानीको सौन्दर्यमा समेत प्रतिकूल असर परेको जनाएका छन् ।
उक्त बस्तीमा रहेका वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थापन गर्नु पर्ने र सुकुमवासीको नाममा सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
उनीहरूले सुकुम्वासी हटाउन माग गर्दै मंगलबार आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सरकारी भूमि कब्जा गरेर बसेकाहरूलाइ तत्काल हटाउनु पर्ने उनीहरूकाे माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार