दाङका रोशनी-शरद ‘हत्या’का ४ अभियुक्त जेल चलान
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार २०:१२:५१
२० मंसिर, काठमाडाैं । दाङका रोशनी महतरा र शरद आचार्य मृत्यु प्रकरणमा संलग्न ५ जना अभियुक्तलाई अदालतले मुद्दाकाे पुर्पक्षका लागि जेल चलान गरिएकाे छ।
न्यायाधीश ताराकुमारी शर्माको इजलासले मुद्दाकाे प्रारम्भिक सुनुवाइपछि तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिशचन्द्र पौडेल, २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा, ४७ वर्षीय प्रकाश भनिने अम्मरराज कार्कीलाई दाङ जिल्ला अदालतले आइतबार दिएकाे आदेशबमाेजिम थुनामा राख्न प्रहरीले कारागार पठाएकाे हाे ।
विद्युतीय धराप थाप्न सिकाउने स्थानीय हरिबहादुर आचार्यलाई पनि अदालतबाट मतियारका रूपमा पुर्पक्षका लागि थुनामा पठाउन भएकाे आदेशबमाेजिम जेल चलान गरिएकाे छ ।
गत असोज २७ गते राति अभियुक्त ४ जनाले जंगली बँदेल मार्न थापेको विद्युतको धरापमा परेर रोशनी र शरदको एकैसाथ ज्यान गएको थियो । धराप थाप्न सिकाउने काम आचार्यले गरेकाे प्रहरी अनुसन्धानमा खुलेकाे थियाे ।
एकै विद्यालयमा अध्ययनरत तुलसीपुर-१३ डाँडागाउँकी १५ वर्षीया रोशनी र दंगीशरण गाउँपालिका-६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँस्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद राति एकअर्कालाई भेट्न निस्केको समयमा विद्युतीय धरापमा परेर ज्यान गुमाएका थिए ।
भाेलिपल्ट अबेरसम्म दुवै जना घर नफर्किएपछि घर परिवारले प्रहरीमा खबर गरेर खाेजी गर्दा रोशनी र शरदको शव तुलसीपुर-१३ स्थित जनकल्याण सामुदायिक वनमा एकै ठाउँमा गाडिएकाे अवस्थामा असोज ३० गते फेला परेको थियो ।
शवकाे प्रकृति हेर्दा हत्याकाे आशंकामा निजहरूलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान कसुरमा अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरेकाे थियाे ।
अम्मरराज कार्की र गणेश असोज २८ गते बिहान साढे ५ बजेतिर धराप हेर्न जाँदा दुवै जना मृत अवस्थामा देखेपछि उनीहरूले आपसमा सल्लाह गरी सल्लाह गरी शव गाड्न कार्कीको घरबाट फरूवा ल्याइ खनेर शव गाडेकाे र रोशनी र शरदको मोबाइल र चप्पल जंगलको झाडीमा फ्याँकेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआरएन विवादमा मिसिल झिकाउने आदेश
भदौ ३१, २०८१ सोमबार
नदी किनारमा २० मिटर मापदण्डबारे सरकारले दर्ता गरायो सर्वोच्चमा भ्याकेट निवेदन
भदौ ३१, २०८१ सोमबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार