कपिलवस्तुका एक न्यायाधीशमाथि जबर्जस्ती करणीकाे आराेप
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार २०:५५:४४
२० मंसिर, काठमाडौं । कपिलवस्तु जिल्ला अदालतका एकजना न्यायाधीशमाथि एक महिलालाई वर्षौंसम्म बन्धक बनाएर जबर्जस्ती करणी (बलात्कार) गरेको आरोप लागेको छ । ती न्यायाधीशविरुद्ध परेको उजुरी सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले छानबिन सुरु गरेको छ । पीडित महिलाले साता दिन पहिले आयोगमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाले न्यायाधीशले आफूलाई जुन अदालतमा सरुवा भयो त्यहीँ लैजाने र बन्धक बनाएर यौन शोषण गर्ने गरेको जनाउँदै उजुरी हालेकी हुन् । आरोपबारे अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र न्याय परिषद्लाई पत्र लेखिएको आयोगले जनाएको छ ।
न्यायाधीशकै दबाबका कारण पीडितले घटनाबारे प्रहरीमा उजुरी दिन नसकेको र आयोगको शरणमा आइपुगेको आयोगले जनायो । पीडितले आफूमाथि ५ वर्षदेखि यौन शोषण भइरहेकाे र पटकपटक गर्भपतन समेत गराएको आरोप लगाएकी छन् ।
अभियुक्त न्यायाधीशकै कारण प्रहरीमा जाहेरी दिन असफल भएकाे दाबी समेत पीडित महिलाले गरेकी छन् । यता न्यायाधीश गिरीले पनि ती महिलाविरूद्ध चोरीको मुद्दामा कपिलवस्तु प्रहरीमा जाहेरी दिएकाे बताइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार