गठबन्धनमा प्रधानमन्त्रीको बहसः सभामुख लिए पहिलो, राष्ट्रपति लिए दोस्रो
केदार भट्टराई (काका)
मंसिर २०, २०७९ मंगलबार २१:१९:५९
२० मंसिर, काठमाडौं । सत्ता गठबन्धनले नयाँ सरकार गठनका लागि औपचारिक रुपमा छलफल थालेपनि नेतृत्वका लागि तम्सिएका नेपाली कांग्रेस र नेकपा माओवादी बीचमा पहिले प्रधानमन्त्री को बन्ने भन्ने बहस जारी नै छ । आलोपालो प्रधानमन्त्री प्रणालीमा जाने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच सहमति भइसकेको छ । तर, पहिलो चरणमा प्रधानमन्त्री बन्ने विषयमा भने दुई दलबीच सहमति जुटिसकेको छैन् ।
नेताहरुको भनाईमा राष्ट्रपति र सभामुख कांग्रेस र माओवादीले लिने विषयमा गठबन्धनभित्र भने कुनै समस्या छैन् । कांग्रेसले राष्ट्रपतिसहित पहिलो प्रधानमन्त्रीको दावी कामय मै राखेको छ भने माओवादीले आफुलाई सभामुख दिने भए पहिलो प्रधानमन्त्री आफुले पाउनुपर्ने अडान राखिरहेको छ । माओवादी नेताहरुको भनाईमा सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा देउवा र दाहालबीच यस अगाडि नै सहमति भइसकेको छ । तर पहिलो चरणमा को प्रधानमन्त्री हुने भन्ने विषय टुंगो लागेको छैन ।
कांग्रेस नेताहरुसँगको छलफलमा माओवादीले कांग्रेसले राष्ट्रपति राखे आफुहरुले पहिलो प्रधानमन्त्री चलाउने र कांग्रेसले सभामुख राखेर राष्ट्रपति दिए प्रचण्ड दोस्रो चरणमा प्रधानमन्त्री बन्न तयार हुने बताएको छ । कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्री दावी गर्दा राष्ट्रपति आफूहरूले पाउनुपर्ने दावी माओवादीको रहेपनि कांग्रेसभित्रबाटै सभापति देउवालाई माओवादीलाई राष्ट्रपति दिन नहुने दवाव बढिरहेको छ । तर, राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसलाई दिने कुरामा माओवादी सहमत छैन् ।
सोमबारको सत्तारूढ पाँचदलीय गठबन्धनका नेताहरुको छलफल मिलेर सरकार बनाउने कुरामा केन्द्रित भएको थियो । राष्ट्रपति र सभामुखका विषयमा कांग्रेस र माओवादीबीच नै पहिले सहमति हुनुपर्ने भएकाले पनि बैठकमा अन्य विषयहरु नउठेको बताइएको छ ।गठबन्धनका नेताहरुले प्रधानमन्त्रीबारे निर्णय गर्ने जिम्मा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई नै दिएका छन् । दुई दलबीच छलफल र सहमति नभईकनै देउवाले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहलकदमी अघि बढाइरहेका छन् । अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको सन्देश दिइरहेका छन् ।
सोमबारको गठबन्धन बैठकमा सहभागी एक माओवादी नेताले कसको नेतृत्वमा सरकार गठन हुने भन्दा पनि गठबन्धनलाई निरन्तरता दिने विषयमा सत्तारूढ दलहरूले प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्रीसहितका अरु महत्वपूर्ण र शक्तिशाली पदहरूको बाँडफाँटको विषयमा अनौपचारिक छलफल मात्रै चलिरहेको छ । अहिले अनौपचारिक रुपमा सहमति गर्दै जाने र संसदीय दल गठन भएपछि यस विषयमा औपचारिक छलफल गर्ने नेताहरुबीच सहमति भएको उनले बताए ।
सत्ता गठबन्धन अहिले अरु दलहरुलाई पनि सहभागी गराउने प्रयत्नमा रहेको छ । प्रधानमन्त्री देउवाले सीके राउत नेतृत्वको जनमत पार्टीसँग सहमति गरिसके पनि जनता समाजवादी (जसपा) र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँगको छलफल जारी नै छ । उनीहरुलाई पनि मुख्य पदहरुको भाग लगाउनुपर्ने भएकाले पहिले साना भागबण्डाको काम सकेर ठूलातिर लाग्ने सोच पनि गठबन्धनका शीर्ष नेताहरुले बताएका छन् ।
जसपा र नागरिक उन्मुक्ति पार्टीसँग तत्काल सहमति नभएपनि जनमत जोडिएपछि सरकार निर्माणका लागि सत्ता गठबन्धनलाई आवश्यक बहुमत पुग्छ । देउवाले जनता समाजवादी पार्टी (जसपा) लाई समेत सरकारमा ल्याउन छलफल अघि बढाइसकेकाे नेताहरु बताउँछन् ।प्रतिनिधिसभा र प्रदेशसभा सीट बाँडफाँटमा कुरा नमिलेपछि गठबन्धनबाट अलग्गिएको जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार एमालेसँगको सहकार्य सकिएको घोषणा गरिसकेका छन् ।
कांग्रेस नेताहरुले भने गठबन्धनकै नेताहरुसँगको छलफलमा पनि ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व लिन पाउनुपर्ने बताउँदै आएका छन् । अन्य पावर सेयरिङका विषयमा पनि अब शीर्ष नेताबीच अनौपचारिक रुपमा एकपक्षीय, दुईपक्षीय छलफल भइरहेको उनीहरुको भनाइ छ । तर, समझदारी कुन विन्दुमा हुन्छ भन्ने अहिले नै एकिन भने भएको छैन् । तर, जता छलफल चलाए पनि मुख्य गााँठो भने मुख्य तीन पदमै देखिएको छ ।
कांग्रेसले दावी गरेअनुसार मााओवादीलाई मनाउन नसके उसले भनेकै कुरामा सहमति गर्नुपर्ने अवस्थ पनि आउने देखिएको छ । माओवादीले कांग्रेसबाट पहिलो चरणमा सरकारको नेतृत्व गर्ने भए राष्ट्रपति आफुलाई चाहिने नत्र कांग्रेसले राष्ट्रपति राखे सभामुखसहित पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बन्ने सर्त अघि सारेको छ । यसलाई गठबन्धनका अरु दलले खासै चासो पनि दिएका छैनन् । उपराष्ट्रपति र राष्ट्रियसभाको अध्यक्षमा भने अरु दलले पनि दावी गरिरहेका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार