किसानले लगाएको ताला खोल्ने क्रममा सिम्रौनगढमा झडप
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार २२:११:३२
२० मंसिर, बारा । जिल्लाको सिम्रौनगढ नगरपालिका–४ मा रासायनिक मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा भएको विवादमा झडप भएको हो ।
वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गते आइतबारसम्म किसानसँग आवेदन माग गरेपनि निवेदन दिन जाँदा कार्यालय समयमा कार्यालय बन्द रहेको पाइएपछि विवाद चलेको थियो ।
आवेदन दिन नपाउँदा मल लिन वञ्चित हुनुपर्ने भन्दै कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी अझै खुल्न सकेको छैन । किसानले लगाएको ताला कार्यालयले जबर्जस्ती खोल्न खोजेपछि झडप भएको बताइन्छ । आवेदन बुझे मात्र ताला खाेल्न दिन अडान किसानहरूले राखेका छन् ।
सरकारले मलकाे अभाव नरहेकाे जनाएपनि किसानले मल अभावकाे मार निरन्तर खेप्न विवश छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार