कर्णाली र सुदूरपश्चिममा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार २२:४४:१६
२० मंसिर, काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिलाको प्रतिनिधित्व शून्य देखिएको छ । कर्णाली प्रदेशका प्रत्यक्षतर्फको २४ सिटमा महिला र दलितको उपस्थिति नदेखिएको हो ।
कर्णालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले समान ९(९ सिट जितेका छन् । एमालेले पाँच सिट जितेको छ । एकजना मात्र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । जसमध्ये अधिकांश खसआर्य पुरुषका बाहुल्यता छ ।
यस्तै सुदूरपश्चिम प्रदेश सभाको ३२ सिटमा पनि महिला र दलित प्रतिनिधित्व देखिँदैन । यहाँ नेपाली कांग्रेसले १२ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको छ । आठ सिटसहित माओवादी केन्द्र दोस्रो दल बनेको छ ।
नागरिक उन्मुक्ति पार्टी पाँच, एमाले तीन, एकीकृत समाजवादीले तीन सिटमा जित निकालेका छन् । एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यो प्रदेशमा पनि अधिकांशमा खस आर्य पुरुषकै बाहुल्यता देखिन्छ । यहाँ महिला र दलितको प्रतिनिधित्व पुर्याउन समानुपातिक सिटको भर पर्नुपर्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार