विकल्प डिजिटल हेल्थइनोभेसन अवार्ड २०२२ बाट जिभिअनलाईन हेल्थ केयर सम्मानित
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ बुधबार २:२:५७
२० मंसिर, काठमाडौं । विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि (Jeevee ) अनलाईन हेल्थकेयर सम्मानित भएको छ । घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि. र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ई–हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको तर्फबाट संयुक्त रूपमा जिभि (Jeevee ) अनलाईन हेल्थ केयर प्लेटफर्मलाई अवार्ड प्रदान गरिएको हो ।
नेपालमा पहिलो पटक आयोजना भएको डिजिटल हेल्थकन्फरेन्स समारोहमा सोही अवार्ड प्रदान गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ई–हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको आयोजना तथा जेनेभा डिजिटल हेल्थहबको सह आयोजनामा सञ्चालन आयोजना भएको उक्त कन्फरेन्स्मा ५० हजार राशीको उक्त अवार्ड हेल्थ एट होभका तर्फबाट प्रदान गरिएको थियो ।
सोही सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा लगायतका विषयमा छलफल भएको थियो । सम्मेलनमा नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरका साथै स्वीट्जरल्याण्ड, जापान, दुबई लगायतका डिजिटल हेल्थमा क्रियाशील अन्तर्राष्ट्रिय वक्ताहरू तथा नेपालका स्वास्थ्य सम्बद्ध विज्ञहरूले समेत कार्यपत्र प्रस्तुत गरेका थिए । डिजिटल हेल्थका क्षेत्रमा जिभि (Jeevee ) नेपालले गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
हेल्थ एट होमले यसअघि नाइटिङ्गल नर्सिङ अवार्ड २०२२ बाट वरिष्ठ नर्स बिमला श्रेष्ठलाई अवार्ड प्रदान गरेको थियो । कम्पनीले आगामी दिनमा पनि स्वास्थय क्षेत्रमा विशेष योगदान दिने, स्वास्थ्य क्षेत्रलाई प्रवद्र्धन गर्ने व्यक्ति तथा संस्थालाई सम्मान तथा अवार्ड प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । जिभि (Jeevee ) नेपालस्वास्थ्य सेवाको लागि समर्पित नेपालको पहिलो ई–कमर्सप्लेट फर्म हो । यसमाविभिन्नकिसिमका भेराइटीहरु उपलब्ध छन् । आभूषण कंसाकार संस्थापक रहेको यस कम्पनीमार्फत दैनिक एक हजार भन्दा बढी फार्मेसी सामाग्रीहरु डेलिभरि हुँदै आएका छन् । कम्पनीले प्रविधिमार्फत स्वास्थ्यक्षेत्रलाई प्रविधिमार्फत अप्टिमाइज गर्ने, समाधानहरू लागू गर्ने र जनतामाकिफायती, गुणस्तरीय स्वास्थ्य सेवापुर्याउँदै आएको छ ।
हेल्थ एट होमले घरघरमापुगेर स्वास्थ्य सेवादिँदै आएको छ । कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवासमेत प्रदानगर्दै आएको छ । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्नकिसिमका थेरापीदिने लगायतकाकार्य गर्दछ । हाल हेल्थ एट होममार्फत करिब एकलाखभन्दाबढी घरले स्वास्थ्य सेवालिइसकेका छन् ।देशव्यापी सञ्जालबनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवादिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
सीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
थाहा पाउनुहोस् अण्डालाई खाने तरिका के हो ?
मंसिर २६, २०८१ बुधबार
खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरु
मंसिर २६, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा
मंसिर २६, २०८१ बुधबार