विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने रामोस
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार १६:२९:६
२१ मंसिर, काठमाडौं । स्ट्राइकर गोन्कालो रामोस कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिककर्ता बनेका छन् । पोचुगल २१ वर्षे युवा स्टा«इकर जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् ।
बेन्फिकाबाट व्यवसायीक फुटबल खेलिरहेका रामोसको यो पहिलो विश्वकप हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विस्थापित गर्दै प्लेइङ सेटमा स्थान बनाएका रामोसले ७४ मिनेट मैदानमा रहँदा तीन गोल गरेका थिए ।
बुधबार राति युरोपेली प्रतिद्धन्द्धी स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल कतार अन्तिम आठमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक रंगशालामा रामोसले ह्याट्रिक गर्दा पेपे, राफेल गुइमारेज र राफयल लिआओले एक एक गोल गरका थिए ।
रामोसले १७औं मिनेटमा जोआवो फेलिक्सको पासमा पहिलो गोल गरेका थिए । रामोसले डिएगो डालोटको पासमा दोस्रो व्यक्तिगत गोल ५१औं मिनेटमा गरे । रामोसले ६७औं मिनेटमा ह्याट्रिक पुरा गरे । रसिया विश्वकप २०१८ मा दुई ह्याट्रिक भएका थिए । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इंग्ल्यान्डका ह्यारी केनले ह्याट्रिक पुरा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार