समयसीमाभित्रै कर बुझाउन व्यवसायीलाई आग्रह
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार १७:१८:५६
२१ मंसिर, रसुवा । स्थायी लेखा नम्बर (प्या्न) लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आन्तरिक राजस्व कार्यालय बालाजुले आग्रह गरेको छ ।
रसुवामा प्यान लिएपछि विवरण नबुझाइ तोकिएको शुल्क समेत तिर्न छाडेपछि त्यस्ता कार्यलाई निरुत्साहित गराउन कार्यालयले आयोजना गरेको करदाता शिक्षा कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो आग्रह गरेका हुुन् ।
स्थानीयस्तरमै करदातालाई प्रशिक्षण दिई समयमै कर असुली गराउने योजनाअनुरुप कार्यालयल कार्यक्रम आयोजना गरेको हो ।
रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष सुप्साङ तामाङ र चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले राज्यलाई तिर्नुपर्ने कर दस्तुर समयमै तिर्न स्थानीय व्यापारी व्यवसायीलाई जागरुक तुल्याउन आफूहरुले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा सहभागीहरुले सामाजिक संघसंस्था एवं गैरसरकारी संस्थाले किसानलाई पशुपालन, तरकारी खेती, साना घरेलु उद्योगजस्ता कार्यलाई अनुदान दिने बहानामा प्यान लिन लगाई बेवस्ता गरेको गुनासो गरेका थिए । प्यान नम्बर प्राप्त गर्ने अधिकांश करदाताले अनुदानसमेत नपाएको र प्रयोगविहीन भइरहेको उनीहरुको भनाइ थियो ।
रसुवाको पाँचवटै गाउँपालिकामा सडक सञ्जाल जोडिएको र गाउँघरमा समेत व्यवसाय सञ्चालन भइसकेकाले सबै व्यवसायीलाई करको दायरामा आउन कार्यालयले अनुरोध गरेको छ ।
कर अधिकृत देवीप्रसाद भण्डारी र शिवहरि न्यौपानेले आयकर, ऐन, मूल्य अभिवृद्वि कर ऐन तथा अन्तःशुल्क ऐन र करसम्बन्धी नियमावलीका विषयमा करदातालाई प्रशिक्षण दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार