बाँकेमा माटोको उर्वरा शक्ति ह्रास हुँदै
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार १७:४०:७
२१ मंसिर, खजुरा । बाँके जिल्लामा माटोको उर्वरा शक्ति क्रमिकरूपमा ह्रास हुँदै गएको एक अध्ययनले देखाएको छ । माटो तथा मल परीक्षण कार्यशाला खजुराले माटोको उर्वरा शक्ति खस्किँदै गएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रयोगशालाका प्रमुख तथा बाली संरक्षण अधिकृत कमल शाहीका अनुसार नेपालमा पहिलोपटक ३२ वर्षअघि ५५ जिल्लामा माटो सर्भे भएको थियो । पछि साविक ७५ वटै जिल्लामा माटो परीक्षण गर्दा उर्वरा शक्ति ह्रास, प्राङ्गारिक पदार्थ घटिरहेको र माटो अम्लीय वा क्षारीय बन्दै गएको छ । उनले नेपालमा माटोको उर्वरा शक्तिको स्थिति हेर्दा हिमाल, पहाडभन्दा तराई–मधेसको माटोको उर्वरा शक्ति कमजोर देखिएको बताए ।
माटो निर्देशनालयको प्रतिवेदनअनुसार सबैभन्दा बढी तराई र मधेसका आठ जिल्लामा धेरै माटोको उर्वरा शक्ति ह्रास भएको छ । तीमध्ये बाँके जिल्ला पनि एक हो । प्रयोगशालाले बाँकेमा आर्थिक वर्ष २०७७÷ ७८ र २०७८÷७९ मा कुल नौ सय ४९ वटा माटोको नमूना जाँच गरेको थियो । तीमध्ये दुई सय २१ मा अम्लियपना, तीन सय ४७ मा तटस्थता र तीन सय ८१ मा क्षारीयपना देखिएको प्रयोगशालाले जनाएको छ ।
तीनमध्ये बाँकेमा सबैभन्दा धेरै ४० प्रतिशत माटोमा क्षारीयपना रहेको छ भने २३ प्रतिशत माटोमा अम्लियपना र ३७ प्रतिशत माटो तटस्थ अवस्थामा रहेको छ । बाँकेको माटोको प्राङ्गारिक पदार्थ जाँच र विश्लेषण गर्दा ९५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ नरहेको पाइएको छ ।
माटोको उर्वरा शक्ति बढाउन कृषकलाई गोठेमल उत्पादनमा जोड, चुना तथा जिप्समको प्रयोग र भकारो सुधार कार्यक्रमको निरन्तरता तथा नियमित माटो जाँच गर्नेलगायतका प्रयास भइरहेको बाली संरक्षण अधिकृत शाहीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार