चोलेन्द्रलाई सर्वोच्च प्रवेश राेक्न धर्ना दिने बारको तयारी
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार १९:३४:३०
२१ मंसिर, काठमाडौं । संघीय संसद सचिवालयबाट आफूमाथिको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको लिखित जवाफ पाएको भन्दै नियमित कार्यसम्पादनमा फर्किने तयारी गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने तयारी नेपाल बारले थालेको छ ।
पत्र पाएकै दिन आजै सर्वोच्चमा काममा फर्किने बताएका चोलेन्द्रलाई रोक्न बारले आकस्मिक बैठक राखेको छ । आफूहरु विरोध प्रदर्शनको तयारीमा जुटेकोले जबरालाई कूनै हालतमा सर्वोच्च छिर्न नदिने सर्वोच्च बारका सदस्य रामहरि त्रिपाठीले बताए ।
यता नेपाल बार एसोसियसनले आकस्मिक बैठक बोलाएको छ । बारको आकस्मिक बैठक बसिरहेको जानकारी बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले दिए । सोही कारण सर्वोच्चमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सर्वोच्च बार र नेपाल बारले चोलेन्द्रविरुद्ध महाभियोग प्रस्ताव दर्ता हुनु पहिल्यैदेखि सर्वोच्च भवन निर्माण ठेक्कामा संलग्न भएको, न्यायालयभित्र बिचौलियालाई स्थान दिएको, भ्रष्टाचार मौलाउने गतविधि गरेका जस्ता आरोप लगाउँदै राजीनामाको मागसहित धर्ना आन्दोलन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार