प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकमा पत्रकारलाई उपचारमा छुट
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार २०:३१:०
२२ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
महासङ्घका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा. कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गरे ।
एक वर्षका लागि भएको सम्झौता २० मंसिर २०७९ देखि लागू भइसकेको छ । सम्झौताअनुसार प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश र सबै प्रतिष्ठान शाखामा आबद्ध एक हजार चार ६७ पत्रकारलाई परिचयपत्रका आधारमा बहिरङ्ग सेवामा ५०, प्रयोगशाला परीक्षणमा ४० र औषधि खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।
पत्रकारको विवरण प्रदेश समितिले क्लिनिकलाई उपलब्ध गराउनेछ । प्रतिष्ठान आबद्ध पत्रकारका आश्रित परिवारका तीन जनासम्म सदस्यलाई सूची उपलब्ध भएपछि सोही छुट उपलब्ध हुनेछ ।
क्लिनिकमा प्रजनन् स्वास्थ्य, कलेजो प्रत्यारोपण, स्त्री तथा प्रसूति, हाडजोर्नी, मधुमेह तथा थाइरोइड, ग्यास्ट्रोलोजी, मुटु, शल्यक्रिया, दन्त उपचार, मनोपरामर्श तथा उपचार, मिर्गौलासम्बन्धी उपचार, नाक, कान, घाँटी, बालरोग, स्नायु, टेस्टयुब बेबी, छालासम्बन्धी सेवा, फिजियोथेरापी, स्तन क्यान्सरको उपचार र सम्पूर्ण ल्याबसम्बन्धी सेवा उपलब्ध रहेको डा रानाभाटले बताए । महासंघका केन्द्रीय सदस्य मणि दाहालले समझदारीले खासगरी श्रमजीवी पत्रकारलाई गम्भीर स्वास्थ्य समस्या आउँदा उपचार र आर्थिक रुपमा राहत हुने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार