त्रिवेणी–इल सडक निर्माण प्रक्रिया सुरु
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार २०:३४:४२
२१ मंसिर, जाजरकोट । भेरी करिडोरभित्र पर्ने तीन जिल्लाको सिमाना रहेको त्रिवेणीबाट डोल्पाको मुड्केचुला गाउँपालिकाको इलसम्म सडक निर्माणको प्रक्रिया सुरु भएको छ ।
जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले उक्त सडक निर्माण गर्नका लागि बोलपत्र आह्वान गरेको छ । जगदुल्ला जलविद्युत् आयोजनाकै अग्रसरतामा उक्त सडक निर्माणका लागि पहल थालिएको हो । यो सडक भालुलेक हुँदै जुम्ला जोड्नका लागि पनि उपयुक्त मार्ग छ ।
डोल्पाको त्रिवेणी–नर्कु–सर्मी हुँदै भालुलेकसम्मको १६ किलोमिटर सडक निर्माण गर्नका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशले प्रारम्भिक वातावरणीय परीक्षण (आइई) स्वीकृत भएसँगै सडक निर्माणका लागि जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले आज बोलपत्र आह्वान गरी कामको प्रक्रिया सुरु गरेको कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले जानकारी दिए ।
भेरी करिडोरले जिल्लाको सिमानालाई छोएर जाने भए पनि मुड्केचुला गाउँपालिकाका विभिन्न ठाउँमा सडक निर्माणमा समस्या हुँदै आएको थियो । अब जलविद्युत् आयोजनाले नै काममा सक्रियता देखाएपछि यहाँका सर्वसाधारणहरु खुसी भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।
जुम्लाबाट मुड्केचुलातिरका केही गाउँबस्तीमा सडकले गति लिएको भए पनि तल्लो क्षेत्रमा रोकिएको सडक निर्माणले अब तीव्रता पाउने भएको छ । त्रिवेणी जुम्ला सडक निर्माणपछि समग्र मुड्केचुलावासीले सुविधा मात्र लिने नभई जगदुल्ला हाइड्रोपावर निर्माणमा सहयोग पुग्ने जलविद्युत् आयोजनाका प्रोजेक्ट म्यानेजर सापकोटाले जानकारी दिए ।
यता भेरी नदीमाथि निर्माण हुन लागेको तल्लुस्थित पुल निर्माण छिटो भएमा यहाँ निर्माणका लागि सामग्री आयातमा सहज हुने आयोजनाले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार