चोलेन्द्र काममा फर्किने चर्चाले सर्वोच्चमा तनाव, दर्जर्नाैं संख्यामा सुरक्षाकर्मी परिचालन [तस्बिरहरू]
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार २१:८:१९
२१ मंसिर, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले जबरासहितलाई पत्र दिएपछि त्यसको विरोधमा अहिले सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु अहिले नेपाल बार एसोसिएसनकै नेतृत्वमा अहिले मुख्य गेटमा धर्नामा बसिरहेका छन ।
कानुन व्यवसायीको प्रदर्शनपछि गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले बुधबार जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ ।
उक्त पत्र पाएपछि बुधबार नै जबरा हाजिर हुन सर्वोच्च अदाललत जाने तयारीमा छन् । उनलाई रोक्न सर्वोच्च गेटमै रोक्न केही कानुन व्यवसायी धर्नामा बसेका हुन् । प्रशासनकाे नियमित सेवा समेत प्रभावित बनेकाे छ ।
एकाएक बुधबार दिउँसोबाट सर्वोच्च अदालत परिसरमा भिडभाड बढेको छ । १० महिनापछि जबरा सर्वोच्च आउन लागेका र उनलाई रोक्न कानुन व्यवसायी धर्नामा बसेका छन् । बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सरकारले भने महाभियोग जीवितै रहेको र आउने संसदले छलफल गरेर टुंगो लगाउने बताएको छ । आजै एक कार्यक्रममा सरकारका प्रवक्ता संचारमन्त्री ज्ञानेत्द्रबहादुर कार्कीले जबरामाथिको महाभियोग जीवितै रहेको स्पष्ट पारेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार