शेयरबजार १६.६१ अंकले ओरालो, सानिमा शीर्ष स्थानमा !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार २१:२९:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/share-market-1_CgMdR3MrGL.jpg)
२१ मंसिर, काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार शेयर बजार घटेको छ। शेयर कारोबारमापक नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा पुगेको छ। मंलबार शेयरबजार ५ अंकले ओरालो लागेको थियो भने ९६ करोडको कारोबार भएको थियो ।
बुधबार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४४ अंकले घटेर ३७३.६४ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २०४ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा सानिमा शीर्ष स्थानमा छ। यसको आज ६७ करोड २ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सिभम् सिमेन्ट र तेस्रोमा नविल बैंकको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये जम्मा एक उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। कारोबारमा खप्तड लघुवित्त वित्तिय संस्था ६.०९ प्रतिशत र कुमारी धानवृद्धि योजना ५.१५ प्रतिशतले बढेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार