संसदका महासचिव गौतमलाई सर्वोच्चको प्रश्नः कुन संवैधानिक व्यवस्थाबाट महाअभियोग निष्प्रभावी भएको हो ?
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार २२:४८:१९
२१ मंसिर, काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको हकमा बुधबार लेखिएको पत्रबारे सर्वोच्च अदालतले संघीय संसदका महासचिव डा. भरतराज गौतमलाई प्रश्न सोधेको छ ।
बुधबार सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक बसेपछि अदालतको आन्तरिक प्रशासन शाखाका सह रजिष्ट्रार नारायणप्रसा रेग्मीले गौतमसँग ४ प्रश्न सोधेका छन् । यथस्थितिमा प्रधानन्यायाधीश चालेन्द्रशलाई अदालतमा प्रवेश नदिने संकेत पत्रले गरेको छ ।
संघीय संसदका महासचिव भरतराज गौतमले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय, सर्वोच्च अदालत, संवैधानिक परिषद लगायतलाई पत्र लेख्दै जबराको निलम्बन फुकुवा भएको जानकारी दिएका थिए ।
पत्र दिए थिए । सर्वोच्च प्रशासनसँग गौतमले निलम्वित प्रन्या जबरालाई नियमित कामकाज गर्न दिन भनेका छन् । गौतमको पत्र गैरकानूनी रहेको भन्दै केही राजनीतिक दलले विरोध जनाएका छन् । उनीहरुले संसदबाट उत्पत्ति भएको महाभियोग संसदले मात्र टुंग्याउन सक्ने भन्दै गौतमलाई महाभियोग फुकुवा गर्ने अधिकार नभएको बताएका छन् ।
तर गौतमले भने महाभियोग अघिल्लो संसदले लगाएको र मंसिरमा भएको निर्वाचनबाट संसदमा नयाँ सदस्य आइसकेको जनाउँदै फुकुवा भएको तर्कसहित जबराको मागबमोजिम नै कामकाजमा फर्किन रोकटोक नुहने पत्र लेखेका थिए । त्यसको जवाफमा सर्वोच्च प्रशासनले गौतमलाई पत्रमा केही प्रष्ट हुनुपर्ने विषय औल्याउँदै प्रश्नसहित पत्र लेखेको हो ।
प्रशासनले पत्रमा नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाअभियोग निष्प्रभावी भएको भनि उल्लेख गर्नु भएको हो ? भनी प्रश्न राखेर पत्र लेखेको छ । महासचिवले महाअभियोग निष्प्रभावी भएको भनी उल्लेख गर्नु भएको हो ?’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार