विगतभन्दा फरक छैन यस वर्षको महानगर दिवस
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार २३:१२:१९
२१ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्ष पनि आफ्नो २८ औँ महानगर दिवस विगतका वर्षमा झै मनाउने भएको छ । कामपाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नवीन मानन्धरले विगतकै वर्षमा गरिएको कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।
कामपाले यस वर्ष पनि वार्षिकोत्सव विशेष कार्यक्रमअन्तर्गत अनलाइनमार्फत सेवाग्राही सर्वेक्षण, बाजागाजामा युवाको रुचि बढाउन धिमे बाजा प्रतियोगिता, चित्रकला र निबन्ध लेखन, शिक्षकस्तरका वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम गर्ने भएको छ ।
त्यस्तै विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै गुरुहरुको सम्मान, कला प्रवद्र्धनको लागि प्रतियोगात्मक चित्रकला प्रदर्शनी, महिला, उद्यमी मेला, खुला क्षेत्रको सरसफाइ, स्वास्थ्य शिविर सञ्चालन, हाडीगाउँ सम्पदा महोत्सव, जनचेतनामूलक सडक नाटक, विपद्को कृतिम अभ्यास कार्यक्रलाई पनि समेट्ने प्रयास गरेको छ ।
दमकल सेवालाई विस्तार गरी घटनास्थलमा छिटो पुग्न सक्ने वातावरणका लागि बालाजु औद्योगिक क्षेत्रमा दमकल राखिने कार्यक्रमको पनि यही मङ्सिर २९ गते उद्घाटन गरिने भएको छ । विसं २०५२ मा मंसिर २९ गते तत्कालीन काठमाडौं नगरलाई महानगर घोषणा गरेपछि हरेक वर्ष मंसिर २९ लाई महानगर दिवसको रुपमा मनाउने गरिएको हो । विसं १९७६ पुस २ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै काठमाडौंलाई महानगरका रुपमा विकास गरिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
स्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार