खानेपानीको महसुल छुटका लागि उपभोक्ता समितिसँग सम्झौता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बुधबार २३:१६:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/renu-e1670413578442_RMBwx1XYIz.jpg)
२१ मंसिर, चितवन । भरतपुर महानगरपालिकाले खानेपानी महसुल छुटका लागि महानगरभित्र रहेका खानेपानी उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको छ । महानगर प्रमुखमा दोस्रो कार्यकाल निर्वाचित भएसँगै प्रमुख रेनु दाहालले सात हजार लिटरसम्म उपभोग गर्ने उपभोक्ताको शुल्क महानगरले बेहोर्ने निर्णय गरेका थिइन । सोही निर्णय कार्यान्वयनमा ल्याउनका लागि आज उपभोक्ता समिति र बोर्डसँग सम्झौता गरिएको हो ।
महानगरपालिकाभित्र रहेका १० वटा उपभोक्ता समिति र खानेपानी व्यवस्थापन बोर्डसँग एक कार्यक्रमका बीच सम्झौता गरिएको हो । सम्झौतापत्रमा भरतपुर महानगरपालिकाका तर्फबाट वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका सिनियर डिभिजन इन्जिनियर लक्ष्मीप्रसाद भण्डारी र उपभोक्ता समितिका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् । महानगर प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारीको रोहबरमा सम्झौता गरिएको हो । सम्झौतासँगै महानगरपालिकाले गरेको निर्णय यही मंसिरदेखि कार्यान्वयनमा आउने भएको छ ।
सम्झौता कार्यक्रममा महानगर प्रमुख दाहालले आगामी दुई वर्षमा महानगरवासीलाई खानेपानीको समस्या नहुने गरी योजना अघि बढाइएको बताए । उनले भने, “ठूला आयोजना निर्माणको चरणमा रहेका छन् ।
जसले गर्दा केही समयमा महानगरवासीले खानेपानीको समस्या झेल्नुपर्दैन ।” अहिले महानगरभित्र खानेपानी बोर्ड र खानेपानी उपभोक्ता समितिका गरी ४५ हजार दुई सय ३ वटा धारा जडानको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । सतचालीस हजार ५० धारा जडानको क्रममा रहेको सो अवसरमा जानकारी दिइएको थियो ।
महानगर उपप्रमुख अधिकारीले महानगरका तीन स्थानमा खानेपानी आयोजना निर्माणको चरणमा रहेको र छिट्टै सम्पन्न हुने बताए । दुई वर्षभित्र महानगरका हरेक घरधुरीमा खानेपानीको धारा जडान सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको उनको भनाइ थियो । पहाडी क्षेत्रमा डिप बोरिङबाट खानेपानीको समस्या समाधान हुन नसकेको भन्दै उहाँले पहाडी क्षेत्रमा मुहानको पानीको व्यवस्था गर्ने तयारी गरिएको बताए ।
कार्यक्रममा मेघौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवलाल भुर्तेल र खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापती पराजुलीले महानगरको यो कार्य प्रशंसनीय रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत शेयर जारी गर्ने
फागुन ६, २०८१ मंगलबार
‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’
फागुन ४, २०८१ आइतबार
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको ९ सय १० बिगाहा जग्गा अतिक्रमण
फागुन ६, २०८१ मंगलबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार