सर्वोच्च गएनन् चाेलेन्द्र, प्रवेश राेक्न भाेलि पनि धर्ना
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बिहिबार ०:१७:२५
२१, मंसिर, काठमाडौं । नियमित कामकाजका लागि सर्वोच्च अदालतमा फर्किने तयारी गरेका निलम्बत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज सर्वोच्च गएनन् ।
संसद सचिवालयबाट महाभियोग निष्प्रभावी भएको पत्र पाएपछि बुधबार सर्वोच्च अदालतमा गएर हाजिर गर्ने उनको योजना थियो । तर महाभियोग टुंगो लागिनसकेको भन्दै नेपाल बारमा आवद्ध वकिलहरूको प्रवेश द्वारमै धर्ना दिएपछि उनी नगएका हुन् । धर्नाकारीहरुले जबरालाई छिर्न नदिन सर्वोच्च प्रशासनको पनि निर्देशन पाएका थिए ।
संसद् सचिवालयका महासचिव डा. भरतराजत गौतमले आजै मात्र जबरालाई उनीमाथि लागेको महाअभियोग निष्प्रभावी भएको पत्र दिएका दिएका थिए । अपरान्ह ४ बजेसम्म पनि जबरा नआएपछि धर्नामा बसेका कानून व्यवसायीहरु धर्नास्थलबाट ब्यानर झिकेर उठेका थिए । भोलि बिहीबार पनि धर्ना कार्यक्रम चल्ने उनीहरुले बताएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिनू भन्ने आदेश दिइएको थियो । ‘बालुवाटारको निर्देशनअनुसार गृहले प्रहरीलाई सर्कुलर गरिएको थियो ।
सर्वोच्चमा तनावको अवस्था आएपछि सरकारका प्रवक्तासमेत रहेका संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राणाविरुद्धको महाअभियोग प्रस्ताव जीवितै रहेको र नयाँ संसदमा छलफल हुने बताएका थिए ।
अघिल्लो संसदले जबरामाथि महाभियोग लगाएकोमा टुंगोमा नपुग्दै संसदको कार्यकाल सकिएपछि संसदमा छलफल विषय अलपत्र परेको छ । तत्कालीन अवस्थाका महाअभियोग सिफारिस समितिले जबरासँग निकै दिन लगाएर बयान समेत लिई प्रतिवेदन तयार पारेपनि संसदमा टेबुल गर्न नसक्दा अलपल परेको हो ।
राजनीतिक दलहरुले अब बस्ने नयाँ संसदले यसबारे छिनोफानो गर्ने बताएका छन् । तर केही कानून व्यवसायीहरुले भने महाभियोग उत्पत्ति गर्ने संसद नै नरहेपछि स्वतः निष्क्रिय भएको तर्क गरेका छन् । अहिले महाअभियोग नै विवादमा परेको छ । उमेर हदका कारण जबरा यसै साता अवकाश हुँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार