नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा सागर खनाल नियुक्त
नेपालबहस संवाददाता
मंसिर २१, २०७९ बिहिबार ०:१०:१८
२१ मंसिर, काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्षीय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ वर्षभन्दा बढी समयको अनुभव छ । बिजनेस, रणनीति, योजना तथा मार्केटिङ र व्यवस्थापनमा राम्रो अनुभव भएका खनाल रेमिट्यान्स् क्षेत्रमा स्थापित नाम हो ।
खनाललाई एक समारोहका बीच नेपाल रेमिट इन्टरनेशनल प्रालिका अध्यक्ष रितश मित्तलले स्वागत गरे । खनालले आफ्नो पदभारसमेत ग्रहण गरिसकेका छन् । विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालिले डिजिटल रेमिट्यान्स्मा अझै जोड दिँदै विश्वका विभिन्न कुनाबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।
पदभार ग्रहण गर्दै खनालले भने, ‘अहिले धेरै कुरा डिजिटल रुपमा भइरहेको छ । सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि हामीले डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आम नेपालीलाई सेवा प्रदान गर्नेछौँ । रेमिट्यान्स्समेत डिजिटल रुपमा भित्र्याई मुलुकको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्याउने हाम्रो लक्ष्य हो’ ।
कम्पनीमा अनुभवी कार्यकारी अधिकृत सिए सागर खनालको आगमन पछि कम्पनीका सेवा सुविधाका साथै यस कम्पनीको लोकप्रियतालाई आम उपभोक्तासम्म पुर्याई आगामी दिनमा अझैँ उचाइमा पुग्ने कुरा नेपाल रेमिटले विश्वास लिएको छ ।
नेपाल रेमिट इन्टरनेशनल प्रालिले नेपालका सबै बैंक खाताहरूमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ । विभिन्न वालेट कम्पनीहरूसँग साझेदारी गरी विदेशबाट वालेटमा समेत रेमिट्यान्स् भित्र्याउँदै आएको छ । यस रेमिटले हाल देशभर रहेका १० हजारभन्दा बढी एजेन्ट नेटवर्कबाट सेवा प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
रूसले भन्यो, ‘अल असदले शान्तिपुर्ण शक्ति हस्तान्तरणको आदेश दिएर देश छाडे’
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
सिरियाली नवनियुक्त प्रधानमन्त्रीद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह
मंसिर २६, २०८१ बुधबार
कोलम्बो बन्दरगाहका लागि अमेरिकी ऋण सम्झौताबाट अडानी फिर्ता
मंसिर २६, २०८१ बुधबार
इरानमा वायु प्रदूषणका कारण विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन
मंसिर २६, २०८१ बुधबार
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन
मंसिर २६, २०८१ बुधबार
अत्यधिक चिसोले मुस्ताङमा पानी जम्न थाल्यो
मंसिर २६, २०८१ बुधबार