तपाईको आजको राशीफल कस्तो छ ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार ११:११:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/rasifal-1_1p1n07UWH1.jpg)
आजको पात्रो : २२ मंसिर २०७९, बिहीबार । तद्नुसार डिसेम्बर महिनाको ८ तारिक २०२२ । मार्गशुक्ल पक्ष पूर्णिमा, उधौली पर्व, यःमरि पुन्हि रहेको छ । रोहिणी नक्षत्र, साध्य योग, वव करण, चन्द्रमा वृष राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः४३ मा हुनेछ भने सूर्यास्त ५ः१० मा हुनेछ । आज पूर्णिमा भएकाले विशेष दिन हो । आजको दिन साँझको समयमा शिवालय, देवालय यात्रा गर्नु उत्तम हुनेछ । आजका देवता सावित्री र ग्रहदेव शुक्र हुन् । बिहीबार पूर्णिमा पनि परेकाले आजको दिन बनेको कार्ययोजना सफल हुनेछ । अध्ययन, अध्यापन, अनुसन्धानको कामको शुरुवात गर्न सकिन्छ । आजको दिन कुनै नयाँ व्यवसाय र तथा केही नयाँ क्षेत्रमा लगानी गर्न पनि दिन उत्तम रहेको छ । आजको दिन शुभ छ, त्यसमध्ये पनि विहान ११ः३५ देखि १२ः१६ सम्मको समय अभिजित मुहूर्त रहेको छ । विहीबारको दिन बंगलामुखी मन्दिरको दर्शन गर्ने प्रचलन रहेको छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- तपाईलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट सम्मान प्राप्त हुने छ । आजको दिन तपाईको मनमा खुसी छाउने छ । आजको दिनमा परिवारका सदस्यलाई कुनै नयाँ अध्ययन सामग्री खरिद गरेर दिनुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- तपाईलाई आज आकस्मिक धनलाभ हुनेछ । व्यापारबाट सोचभन्दा बढी आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । बंगलामुखी दर्शनले दाम्पत्य जीवनमा खुसियाली छाउने छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदय दर्शन गर्नुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- कर्कट राशीका जातकका लागि तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । त्यसैले आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- सिंह राशीका जातकले बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ । आजको दिन मौन रहन उत्तम हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- तपाईको लागि आज यात्रा गर्नुपर्ने हुनसक्छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- मानसिक असन्तोष र सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम शुरु गर्दा शुभ हुन्छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । तपाईको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । कसैसँग विवाद नगर्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन परिवारको सदस्यहरुबीच सम्बन्ध प्रकाढ हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशीका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । आजको दिन कुनै नयाँ काम गर्न सक्नुहुनेछ । नयाँ कार्यको थालनी गर्न सक्नुहुनेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- बिहीबारका दिन मीन राशीमा जातकले सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशि भएका व्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक खरिद र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी बर्गको लागि विहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
माघ २२, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १४, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
फागुन ५, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ५, २०८१ सोमबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार