पालिकाको कार्यालय याल्वाङमै सार्न स्थानीयवासीको माग
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार १७:१२:२४
२२ मंसिर, सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले पालिकाको कार्यालय केन्द्र याल्वाङमै सार्न माग गरेका छन् । पत्रकार महासंघ हुम्लाको सहजीकरणमा आयोजना गरिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरूले स्थानीय जनताको सेवाका लागि स्थापना गरिएको कार्यालय गाउँमै राख्न आग्रह गरेका हुन् ।
सुविधा भोगी कर्मचारी र जनप्रतिनिधिले आफ्नो सहजता र आरामका लागि सदरमुकाममा सम्पर्क कार्यालय खोलेर काम गरेकाले स्थानीयलाई असहज भएको भन्दै तत्काल कार्यालय स्थानीय तहमै सार्नुपर्नेमा स्थानीयको जोड छ । तत्काल सम्पर्क कार्यालय बन्द गर्न नाम्खा गाउँपालिका–४ का पेमा डम्डुल लामाले माग गरे । कानुनविपरीत स्थानीय सरकारको महसुसै नहुने गरी सुविधा भोगी कर्मचारीको कारण स्थानीय सरकारको बजेटसमेत महँगो भाडामा खर्च गरेको र स्थानीय सेवाग्राहीले सास्ती खेप्नुपरेको उनको भनाइ छ ।
तत्काल कार्यालय स्थानीय तहमै नसारे माथिल्लो निकायसम्म हारगुहार गर्ने सेवाग्राहीले माग गरे । यो गाउँगाउँमा सिंहदरबार भन्ने कुरालाई खिल्ली उडाएको आरोप लगाएका छन् । नाम्खा गाउँपालिकाका स्थानीयले गाउँपालिकाबाट लिनु पर्ने सेवा एकदेखि दुई दिन पैदल हिँडेर सदरमुकाम सिमकोट आएर लिनुपर्ने बाध्यता भएको छ । सिमकोटको कार्यालय बन्द गरेर तत्काल गाउँपालिकाको केन्द्र यालवाङ्मा कार्यालय राख्नु सेवाग्राही दावा छिरिङ तामाङले माग गरे ।
योजनाको सिफारिस गर्न, सम्झौता गर्न, भुक्तानी लिन हाल सेवाग्राहीले सदरमुकाम धाउनु पर्दा भौतिक कष्ट र आर्थिकरूपमा समेत भार भोग्नुपरेको उनको भनाइ छ । सेवाग्राहीको मागबारे बोल्दै गाउँपालिका अध्यक्ष प्रेम लामाले बाध्यता र परिस्थितिले गर्दा अहिले सदरमुकाम सिमकोटमा रहेको सम्पर्क कार्यालय काम गर्नुपरेको बताउँदै पन्छिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
मंसिर १६, २०८१ आइतबार
अध्यादेशमार्फत सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिने
मंसिर १६, २०८१ आइतबार