राष्ट्र बैंकको विरोधमा माइतीघर मण्डलामा अटोमोवाइल्स व्यवसायीहरुको प्रदर्शन
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार १७:४३:७
२२ मंसिर, काठमाडौं । अटो मोवाइल्स व्यवसायीहरुले राष्ट्र बैंकको विरोधमा माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेका छन् । उनीहरू सडकमा धर्ना बसेका छन् ।
पूर्वघोषित कार्यक्रम अनुसार बिहीबार बिहान ११ बजे अटो मोवाइल्स व्यवसायीहरुको संगठन नाडा अटोमोवाइल्स एसोसिएसनको नेतृत्वमा व्यवसायीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । अटो व्यवसायसँग सम्बन्धित विभिन्न संगठनहरुले प्लेकार्ड र ब्यानर बोकेर सहभागी भएका छन् ।
सरकार र राष्ट्र बैंकको गलत नीतिका कारण आफूहरुको व्यवसायी धरापमा परेको र बैंकको ऋण तिर्न नसकेर विस्थापित हुन विवश भएको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।
सरकारले गाडी आयातमा प्रतिबन्ध र राष्ट्र बैंकले बैंकिङ ब्याजदरमा कडाई गरेको भन्दै उनीहरुले व्यवसायमा सघाउ पुग्ने किसिमका नीति बनाउन सरकारसँग अाग्रह गरेका छन् ।
देशभरका अधिकांश अटो मोवाइल्स सेन्टरहरु बन्द भएको र व्यवसायीलाई अर्बौंको क्षति पुगेको उनीहरुको भनाइ छ । विरोध कार्यक्रममा दर्जनौं व्यवसायीहरु सहभागी छन् । ११ बजे सुरू भएकाे विरोध कार्यक्रम अहिले पनि जारी छ ।
नाडाले गत साता पत्रकार सम्मेलन गरेर विरोधका कार्यक्रम घोषणा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेस्लाको रोबो ट्याक्सी 'साइबरक्याब' सार्वजनिक, के के छन् विशेषता ?
असोज २६, २०८१ शनिबार
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि
असोज ९, २०८१ बुधबार
न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा
भदौ २६, २०८१ बुधबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार