यःमरि बनाउँदै पुस्तक विमोचन
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार १९:१०:६
२२ मंसिर, काठमाडौं । नेवारी संस्कृतिसँग सम्बन्धित चित्रपुस्तक ‘यःमरि’ बुधबार राजधानीमा फरक शैलीमा विमोचन भएको छ । सधैं अतिथिका साथमा पुस्तक लोकार्पण हुने चलनभन्दा भिन्न स्टेजमै प्रत्यक्ष यःमरिसमेत बनाएर देखाइएको थियो ।
शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक तथा चित्रकार कृषा ताम्राकारका साथमा दि एलिट्स को–एड स्कुल स्वयम्भूका बालबालिकाले पुस्तक विमोचन गरे । सँगसँगै सेफ रविन श्रेष्ठले छेउमै यःमरि बनाउन थाले । उद्घोषक लुनिभा तुलाधरले कार्यक्रम अगाडि बढाइरहिन् ।
कथालयकी सीईओ सुनिती अमात्यले विमोचन कार्यक्रमको नयाँ शैलीलाई उत्साहका रूपमा लिएको बताइन् । कथालयले बालसाहित्य मात्र नभई किशोर साहित्यसमेत प्रकाशन गरिरहेको जानकारी गराउँदै उनले अन्तर्राष्ट्रिय लेखकका नेपाली संस्करण प्रकाशन गर्दै आएको बताइन् ।
१५ वर्षअगाडि स्थापना भएको कथालयले निरन्तर गुणस्तरीय, सचित्र, रंगीन बालपुस्तक प्रकाशन गरिरहेको उनको भनाइ थियो । यःमरि बनाउँदै यःमरि पुस्तक विमोचन गरिएको कार्यक्रम समापनपछि सहभागी अतिथिहरूलाई यःमरि खुवाएरै बिदाइ गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
मिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
कात्तिक १२, २०८१ सोमबार
स्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा
कात्तिक १२, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु तथा कुहिरो, यातायात तथा हवाई यात्रामा सतर्कता अपनाउन आग्रह
मंसिर २८, २०८१ शुक्रबार