बीवाइडीका कार किन्नेलाई नबिल बैंकसँग साझेदारी
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार २३:५६:५३
२२ मंसिर, काठमाडौं । विद्युतीय कार किन्न चाहने ग्राहकलाई बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंकले बैंकिङ सहजता प्रदान गर्ने भएको छ । ग्राहकलाई सुविधा प्रदान गर्ने उद्देश्यले साइमेक्स इंकले नबिल बैंकसँग एक सम्झौता गरेको छ ।
सम्झौंता अनुसार अब बीवाइडीको कुनैपनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउनेछन् । बुधबार भएको उक्त सम्झौंता अनुसार बीवाइडीले विक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्नेछ ।
नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यहिअनुसार ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ । अहिले बीवाइडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको लागि फाइनान्स सुविधा पाउनेछन् । बीवाइडीको कुनैपनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा पुग्छ ।
साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू इ–६ ईभी नेपालमा बिक्री गर्दै आएको छ । अल न्यू इ–६ नेपालमा उपलब्ध इलेक्ट्रिक भेहिकल मध्ये सबैभन्दा धेरै रेन्ज दिने ईभी हो । अघिल्लो महिनाबाट नेपालमा बिक्री सुरु गरेको नयाँ मोडल एटो–३ को मूल्य ८९ लाख ९० हजार र अल न्यू इ–६ को मूल्य ५९ लाख तोकेर विक्री गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार